गार्गीमा जनचेतना ¥याली सहित वृक्षरोपण

२३ जेठ, बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रमम कक्षा ७ देखि १० सम्मका झण्डै २ सय ५० जना विद्यार्थीहरू सहभागी थिए । सो अवसरमा विद्यालयबाट निस्केको ¥याली प्रधान पथ, श्रेष्ठ पथ हुँदै देवशिद्ध चोकमा पुगेर विद्यालयमा फकिएको विद्यालयका सह प्राचार्य भुवन अधिकारीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

अध्यक्ष थापाले विद्यार्थीलाई माक्स र पञ्जा हस्तान्तरण गरी कार्यक्रम सुरु गरेका थिए । गार्गी बाल क्लब इन्ट्रयाक क्लब, गार्गी एकेडेमी र गार्गी समाजसेवा मन्त्राालयको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि विद्यालयका प्राचार्य मोहन खनालले प्रकाश पारेका थिए ।

कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भीमबहादुर चौधरी लगायते बोलेका थिए ।