क्षितिज आमा समुहद्वारा महिलालाई उद्घोषण तालिम

३ असार, तिलोत्तमा ।  क्षितिज आमा  समूह तिलाेत्तमाकाे आयाेजना र तिलाेत्तमा नगरपालिकाकाे आर्थिक सहकार्यमा महिलाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकास गर्न उद्देश्यले आयोजित ४ दिने उद्घोषण तालिम कार्यक्रम हिजोबाट तिलाेत्तमा वडा नं ३ मा शुभारम्भ भएको छ । उक्त कार्यक्रम तिलाेत्तमा नगरकार्यपालिका कार्यपालिका सदस्य गिता सापकोटाकाे प्रमुख आतिथ्य तथा क्षितिज आमा समुहकी अध्यक्ष शुभ देवी पाैडेल काे अध्यक्षतामा प्रारम्भ भएको थियो ।

उक्त कार्यक्रममा मन्तव्यकाे राख्दै गिता सापकोटाले हरेक क्षेत्रमा महिलाहरु आफ्नो अधिकार प्रति सचेत हुँदै नेतृत्व बिकास क्षमताका साथ अघि बढन जरुरी रहेको बताईन । उनले पछिल्लो समय महिलाहरु विभिन्न क्षेत्रमा अग्रसर भैरहेको र अझै महिला मैत्री वातावरणको जरुरी रहेको बताईन। उनले तालीमले महिलाहरुमा विषयगत ज्ञान प्रदान गर्ने र आत्मविश्वास बढाउने धारणा राखिन ।

वडा न ३ का सदस्य ताेज बहादुर गुरुङले महिला ससक्तीकरणका लागि यस्ता तालीम उपयुुक्त हुने धारणा राखे । उनले वडामा महिलालागि बिनियोजित रकम महिलाको समग्र विकासकालागि वडा सधै सहकार्य गरेर अघि बढने तयार रहेकोे बताए ।

उद्धाेषण कलाकाे बारेमा प्रशिक्षण युवा संचारकर्मी सुमन श्रेष्ठले सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा तिलाेत्तमा नगरपालिका वडा न ३ का २५ जना महिलाहरु सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत क्षितिज महिला समुहका सदस्य सृजना श्रेष्ठले गरेकी थिइन् भने संचालन सदस्य उर्मिला धर्ती ले गरेका थिए । तालिम असार ५ गतेसम्म संचालन चल्नेछ ।