कोरियामा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु

बुलेटिन संवाददाता 
२५ जेठ, सउल/कोरिया। दक्षिण कोरियाको केलभिन युनिभर्सिटिमा अध्ययनरत एक नेपालीको शुक्रवार विहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा घर भई यहाँ मास्टर्स डिग्री अध्ययन गरिरहेका सुमित पोखरेल रहेको गोर्खा परिवार दक्षिण कोरियाका पूर्व अध्यक्ष यदु लामिछानेले जानकारी दिए ।

साँझ स्वास फेर्न असहज महशुस भयो भनेका पोख्रेललाई विहान सउल युनिभर्सिटि अफ मेडिकल साईन्सेसमा भर्ना गरिएपनि उनलाई बचाउन नकिएको अस्पताललाई उद्धृत गर्दै लामिछानेले बताए । कोरियामा नेपाली विद्यार्थीको मृत्यु भएको यो पहिलो घटना हो ।

केल्भीन युनिभर्सिटिका प्रमुख आफ्नो सम्पर्कमा आईसकेको र आवश्यक समन्वय गरेर पोख्रेलको शव नेपाल पठाउने विषयमा समन्वय गरिने नेपाली दुतावास सिओलका उपनियोग प्रमुख किरण शाक्यले जानकारी दिए ।