अर्घाखाँचीमा एक महिला ६ बर्षको छोरो सहित बिगत ८ दिनदेखि बेपत्ता

३१ जेठ, बुटवल । अर्घाखाँचीमा एक महिला बिगत ८ दिनदेखि छोरो सहित बेपत्ता भएकी छन ।  अर्घाखाँची जिल्लाको राजु पोखरा टोलका लालमणि पौडेलकी २६ वर्षिया श्रीमती जमुना पौडेल गत जेष्ठ २४ गते शुक्रबार बिहान देखि छोरो सहित बेपत्ता भएकी हुन् ।

६ बर्षिय छोरा मोहित पौडेललाई लिएर बेपत्ता भएकी जमुना ८ दिन हुँदासम्म फेला नपर्दा परिवार चिन्तित भएका छन् । जमुना माइती घर गुल्मी जिल्लाको दिगाममा, नजिकका साथी, छिमेकी सबैको घरमा खोजी गर्दा पनि फेला नपरेपछि परिवारले प्रहरीलाई गुहारेका छन ।

जमुनाका श्रीमान् लालमणि पौडेल बैदशिक रोजगारीको शिलशिलामामा कतारमा छन् । जमुना पौडेलको माइती घर गुल्मी जिल्लाको दिगाममा छ ।

तर जमुना आज सम्म माइतीघरमा पनि न आएको उनका आफन्तजनहरुले बताउछन । जेठ ,२४ गते शुक्रबारदेखि श्रीमती र छोरा सम्पर्कमा नआउँदा कतारमा रहेका श्रीमान अत्यन्तै पिडामा छन् ।