मुख्यमन्त्री कप २०७६ : ब्याडमिन्टनमा रुपन्देहीलाई स्वर्ण

२४ बैशाख, बुटवल । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता २०७६ को ब्याडमिन्टन खेलमा पुरुष युगलतर्फ रुपन्देहीले स्वर्ण जितेको छ ।

रुपन्देहीका विश्वास नेपाल र गोबिन्द न्यौपानेको जोडीले गुल्मीका राजन काउचा र सुरेश श्रेष्ठको जोडीलाई २१–१९, २१–१३ को सेटमा जित निकाल्दै स्वर्ण हात पारेका हो ।

यसैगरि महिला युगलतर्फको खेलमा बाकेका सम्झना शर्मा र सुश्मा श्रेष्ठको जोडीले रुपन्देहीका पुजा बिष्ट र महिमा गुरुङलाई २१–१४, २१–६ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेका छन ।

गुल्मी र कपिलबस्तु टिम तेस्रो हुदै कास्य पदकबाट पुरस्कृत भएका छन ।