मुख्यमन्त्री कप २०७६ : पशुपति योगीलाई चेसमा स्वर्ण

२४ बैशाख, बुटवल । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता २०७६ को बुद्धिचाल (चेस) प्रतियोगितामा बाकेका पशुपति योगीले स्वर्ण जितेका छन ।

कालिका मानवज्ञान माविमा मंगलबार भएको खेलमा साढे ३ अंकको समान अंक भएपनि प्रोगेसिभ अंक १३ का आधारमा योगीले स्वर्ण जितेका हुन ।

रुपन्देहीका बिजनमान थैव समान साढे ३ अंक भएपनि प्रोगेसिभ १२ अंकसहित रजतमा चित्त बुझाए । नवलपरासीका पिटर राना १० अंक प्रोगेसिभ अंकसहित तेस्रो हुदै कास्य पदकबाट पुरस्कृत भएका छन ।

स्वीस लिग प्रणाली अनुसार १० जना खेलाडीहरुको बिचमा खेल भएको थियो ।