बुटवलमा लागुऔषध सहित एक युवक पक्राउ

३१ बैशाख, बुटवल । बुटवलमा एक युवक लागु औषधसहित पक्राउ परेका छन । बुटवलको ट्राफिकचोकबाट कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२८ बस्ने ३० बर्षिय बिशाल नेपाली पक्राउ परेका हुन ।

नेपालीको साथबाट प्रहरिले नुफिन ७८ ग्राम, फेनरागन ७८ ग्राम र डाईजेपाम २८ एम्पुल्स बरामद गरेको ईलाका प्रहरि कार्यलय बुटवलका डिएसपि दिलबहादुर मल्लले बुलेटिन नेपाललाई जानकारि दिए ।

पक्राउ परेका युवामाथी थप अनुसन्धान भइरहेको मल्लले जानकारि दिए ।