बुटवलमा ‘आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला तथा कन्फ्रेन्स’ हुदै

९ जेष्ठ, बुटवल । बुटवलमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको लिभिङ विथ आइसिटीले शनिवार कार्यक्रमको आयोजना गरेको हो ।

बुटवल मिलनचोकमा अवस्थित एसियन पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा स्थानिय स्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशशन, प्रोजेक्ट्सहरु प्रदर्शनमा रहने छन । नयाँ आइडिया र इनोभेसनमा काम गरिहेका व्यत्ति र विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।

आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगढमा यस प्रकारको कार्यक्रम आयोजना भइरहेको छ । बिराटनगरमा बैशाख अन्तिम साता सम्पन्न कार्यक्रम पश्चात बुटवलमा कार्यक्रम हुन लागेको हो । यसैगरी नारायणगढमा पनि सोही कार्यक्रम हुने आयोजक समितीका इश्वरी ज्ञवालीले जानकारी दिए ।

मेलामा सूचना प्रविधि क्षेत्रका सफ्टवेयर, एप्लिकेशन, आइओटी, सर्भिस, इन्नोभेसन र आइटी शिक्षाका ३० बढि स्टलहरु रहनेछन । कार्यक्रममा एक्जिविसन अवलोकनको लागि कुनै शुल्क वा टिकट लाग्ने छैन ।

इमर्जिङ टेक्नोलोजिजमा आइसिटी कन्फ्रेन्स

स्टार्टअप मेलाको अवसरमा एक दिने कन्फ्रेन्सको आयोजना भइरहेको छ । शनिवार सोहि स्थानमा आयोजना हुने कन्फ्रेन्समा इमर्जिङ टेक्नोलोजिज विषयमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन ।

कन्फ्रेन्सको पहिलो सेसन स्थानिय स्तरमा उद्यमशिलता र आइटी करियरका विषयमा ३ जना विज्ञहरुको कार्यपत्र प्रस्तुतिकरण र प्यानल डिस्कसन सञ्चालन हुनेछ भने दोश्रो सेसनमा इमर्जिङ टेक्नोलोजिज(एआई, आइओटी, साइबर सेक्युरिटी) आदिको बारेमा विज्ञहरुको कार्यपत्र पस्तुती र छलफल कार्यक्रम रहनेछ ।

कन्फ्रेन्समा प्रिजेन्टरको रुपमा काठमाण्डौबाट ६ जना बढि विज्ञहरु बुटवल आउने आयोजक समितिका खगेन्द« न्यौपानेले जानकारी दिए ।

लिभिङ विथ आइसिटीले प्रविधि क्षेत्रको देशकै प्रतिष्ठित र ठूलो अवार्डको रुपमा हरेक वर्ष ‘आइसिटी अवार्ड’ आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको आइसिटी अवार्ड साउन ३२ गते काठमाण्डौमा हुनेछ ।