बुटवलको संगमपथका दुई पसलमा आगलागी, डेढ करोडको क्षति भएको प्रारम्भिक अनुमान

१ जेठ, बुटवल । बुटवलका दुई होलसेल पसलमा आज साझ आगलागी भएको छ । बुटवलको संगमपथमा रहेको सगरमाथा ब्याग हाउस र संगै रेहको गुल्मी रेसुङ्गा ट्रेड हाउसमा आगलागी भएको हो ।

साझ ९ बजेतिर भएको आगलागीबाट डेढ करोड बराबरको क्षति भएको अनुमान गरिएको ईलाका प्रहरि कार्यालय बुटवलका डिएसपि डिल बहादुर मल्लले बुलेटिन नेपाललाई जानकारि दिएका छन । बिद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिए पनि कारण यकिन हुन नसकेको मल्लले जानकारि दिए ।


बुटवल उपमहानगरपालिकाका दुई र तिलोत्तमा नगरपालिकाको एक गरि तीनवटा दलमकलले पसललमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।

पसल बन्द गरेको केही समयमा एक्कासि आगलागि भएको सगरमाथा ब्याग हाउसका संचालक उमेश गुप्ताले बताए । आफ्नो पसलमा एक करोड बढिको सामान नष्ट भएको उनले दावी गरेका छन ।

यस्तै गुल्मी रेसुङ्गा ट्रड हाउस संचालक राजु श्रेष्ठले आगलागीबाट आफ्नो पसलमा मात्रै ४० लाखको समान जलेर नष्ट भएको दावी गरका छन । घटनाको बिस्तृत बिबरण थप अनुसन्धान पछि मात्र आउने प्रहरिले जनाएको छ ।