प्रधानमन्त्री ओली स्वदेश फिर्ता

१ जेठ, काठमाडौं– भियतनाम र कम्बोडियाको भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । बुधबार अपराह्न प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर बुधबार साँझ प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवाश नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरे ।