प्रदेश ५ समन्वय परिषदको बैठक शुरु, बजेट कार्यान्वयन र राजश्वमा बैठक केन्द्रित

३० बैशाख, बुटवल । प्रदेश नम्वर ५ को प्रदेश समन्वय परिषदको बैठक शुरु भएको छ ।  स्थानीय तह र प्रदेश सरकारबीचको सम्बन्ध बढाउने उद्धेश्यले बैठकको आयोजना गरिएको हो ।

सो बैठकमा प्रदेशका १ सय ९ तहकै प्रमुख, उपप्रमुख, १२ जिल्लाकै जिल्ला समन्वय समिति संयोजक प्रदेश सरकारका मन्त्री तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ।

बैठक चालू आर्थिक वर्षको बजेट कार्यान्वयन, राजश्व बाँडफाँडको रकम सञ्चित कोषमा संकलन तथा आगामी वर्षका लागि राजश्व प्रक्षेपणमा केन्द्रित हुने बताइएको छ । कतिपय क्षेत्रमा दोहोरो बजेट हुँदा काम गर्न समस्या भएको तथा स्थानीय तहले उठाएको राजश्व प्रदेश सरकारको सञ्चित कोषमा पठाएका बारेमा पनि बैठकमा छलफल हुदै छ ।

बैठकको प्रारम्भ गर्दै समन्वय परिषदका अध्यक्ष तथा मुख्यमन्त्री शंकर पोखरेलले चालु बर्षको बजेट कार्यान्वयको अन्तिम अवस्थमा पनि कसरी प्रभावकारी बनाउन सकिन्छ र आगामी बषृको बजेट बनाउदा के के कुरालाई बिशेष प्राथमिकता दिने भन्नेमा एक रुपता दिन बैठक आयोजना गरेको बताए ।