प्रथम मुख्यमन्त्री रनिङशिल्ड प्रतियोगिता २०७६मा रुपन्देही प्रथम

२५ बैशाख, बुटवल । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देही टिम प्रथम भएको छ ।

रुपन्देहीले ६ स्वर्ण, ५ रजत र ३ कास्य जित्दै शिल्ड आफनो कब्जामा पार्न सफल भयो । प्रतियोगिताको रनिङ्ग शिल्डसंगै रुपन्देहीले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरि ३ स्वर्ण, ८ कास्य पदकसहित दाङ जिल्ला दोस्रो भएको उनले नगद ७० हजारसहित कपबाट पुरस्कृत भएको छ । यसैगरि २ स्वर्ण, १ रजत र ३ कास्यजित्दै बाके तेस्रो हुदै नगद ५० हजार, कपबाट पुरस्कृत भएको छ ।

प्रदेशमा रहेका युवा प्रतिभालाई प्लटफर्म दिने उद्येश्यका साथ सामाजिक विकास मन्त्रालयको आयोजनामा बैशाख २३ गतेबाट भएको प्रतियोगिताको भलिवलमा २ सय १६ जना, ब्याडमिन्टनमा कुल ४८ जना, दौडमा २४ जना, तेक्वान्दोमा कुल ९६ जना, बुद्धिचालमा कुल १२ जना, शटपुटमा कुल २४ जना गरी कुल ४ सय २० खेलाडीहरुको सहभागीता रहेको प्रचारप्रसार संयोजक कुमार आलेले बताए ।

एक कार्यक्रमका बिच प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बराल, प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम बलीले विजयी खेलाडी तथा टिमहरुलाई पुरस्कार वितरण गरेका छन । ‘खेलकुदमा युवा सहभागीता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मुल नारासहित प्रदेश सरकार युवालाई खेलकुदमा जोड्ने योजनामा रहेको सामाजिक विकासमन्त्री सुर्दशन बरालले बताए ।