पर्या पर्यटन मञ्च बर्दियाको भ्रमण टोलीलाई पाल्पामा स्वागत

पाल्पा, ७ जेष्ठ
पाल्पा उद्योग वाणिज्य संघले बर्दियाका भ्रमण टोलीलाई तानसेनमा स्वागत सहित छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
पर्या पर्यटन विकास मञ्च ठाकुरद्वारको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० र बर्दिया भ्रमण वर्ष २०७६ पर्यटन प्रवद्र्धनका लागि कार ¥यालीमा सहभागी बर्दिया पर्या पर्यटन मञ्चका पदाधिकारहरूसँग पाल्पा उद्योग वाणिज्य संघले मंगलबार संघको सभाकक्षमा स्वागतसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तिŒव अशोककुमार शाहीले पर्यटन विकासका लागि प्रसस्त प्रचारप्रसार अनिवार्य हुने बताए । उनले जिल्लाका विशेष महŒवमा रहेका कला, संस्कृति, धार्मिक तथा पर्यटकीयस्थलहरूको संरक्षण र प्रचारप्रसार गर्न पर्यटन व्यवसायी, उद्योगी र स्थानीय सरकारको समन्वय हुनुपर्नेमा जोड दिए ।

छलफलमा बोल्ने अन्य आमन्त्रित व्यक्तिŒवहरूले बर्दियाको भ्रमण टोलीले पाल्पालाई भ्रमणको गन्तव्यस्थलमा समावेश गरेकोमा धन्यवादसहित भ्रमण सफलताको शुभकामना व्यक्त गरेका थिए । सहभागीहरूले जिल्लामा भएका सांस्कृतिक पर्यटनका विषयहरूलाई प्रचार–प्रसार गर्न सकेमात्र जिल्लाको पर्यटन व्यवसाय फस्टाउने धारणा राखेका थिए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले स्वागतसहित पाल्पा उद्योग वाणिज्य संघका परिचयसहित र संघले सम्पादन गरेका कार्यक्रमका विषयमा प्रष्ट्याएका थिए । उनले पर्यटन विस्तारमा निजी क्षेत्र र स्थानीय सरकारको सहकार्य हुनुपर्नेमा जोड दिए ।
पर्या पर्यटन मञ्च बर्दियाका अध्यक्ष मोहनलाल थारुले पाल्पा र बर्दिया जिल्लाको नगर सरकार र निजी क्षेत्रको मितेरी सम्बन्ध गाँसेर पर्या पर्टटनको माध्यमबाट दुई जिल्लाको आर्थिक विकाममा लाग्नुपर्नेमा जोड दिए । उनले आफूहरूको भ्रमणले पाल्पा र बर्दियाको पर्यटन विकासमा विशेष महŒव राख्ने जनाए । भ्रमण टोलीका संयोजक कृष्णप्रसाद भट्टराईले पर्यटन प्रद्र्धनका लागि दुई जिल्लाको भूमिका एउटै सिक्काको दुई पाटा जस्तै दोहोरो हुनुपर्नेमा जोड दिए ।

पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जन, संघका पूर्व कार्यसमिति सदस्य एवम् प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल लगायतले प्रचार प्रसारलाई विशेष महत्व दिएर जिल्लाको पर्यटन विकासमा लाग्न जरुरी रहेको जनाए । संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा चलेको कार्यक्रममा संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले धन्यवाद मन्तव्य राखेका थिए । संघले भ्रमण टोलीलाई पाल्पाली खादा र मायाको चिनोद्वारा सम्मान गरेको थियो । कार्यक्रम संघका महासचिव यादव सिंह कार्कीको सञ्चालनमा चलेको थियो । स्वागत र्काक्रममा पाल्पा उद्योग वाणिज्य संघका सलाहकारहरू, सञ्चारकर्मी र व्यवसायीहरूको सहभागिता रहेको थियो ।