निर्वाचित दलित तथा गैरदलित जनप्रतिनिधिका लागि लेखन तालिम

रीमा बि.सी.

१ जेठ, बुटवल। समाजमा रहेको जातिय विभेदको अन्त्य नहुँदा सम्म समाज परिवर्तन हुन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

दलित महिला केन्द्र नेपालले निर्वाचित दलित महिला जनप्रतिनिधि तथा गैरदलित जनप्रतिनिधिहरुलाई लक्षित गरेर राजन्ैतिक सशक्तीकरण सम्बन्धी कार्यक्रममा सामाजिक न्यायका लागि महिला लेखन कार्यशालामा यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रदेश नं. ५ का ४ वटा जिल्ला रुपन्देही, नवलपरासी,पाल्पा र अर्घाखाँचीका निर्वाचित दलित तथा गैरदलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा समाजमा महिला, दलित, तथा अल्पसंख्यक र सीमान्तकृत समुदायले भोगेका तथ्यगत सवालहरुमा लेख रचना प्रकाशन गरी स्थानीय सरकार,स्थानीय नेतृत्व तथा अन्य सरोकारवाला निकायहरुलाई सुुसुचित गराउने बिषयमा सहजिकरण गरिउको थिया । साथै त्यस्ता सवालहरुलाई सम्बोधनका लागि सार्वजनिक वृत्त तथा संस्थागत रुपमा बहस तथा पैरवी गरी जवाफदेहि बनाई, छुवाछुत र विभेद सम्बन्धी अनुभव,र जनप्रतिनिधि भैसकेपछिको अनुभवलाई कसरी संचार माध्यमबाट बाहिर ल्याउन सकिने बिषयमा छलफल भयो ।

राज्यका हरेक नीति निर्माण तहमा पछाडी पारिएको समुदायबाट अर्थपूर्ण सहभागीता जनाउन सकिने बिषयमा सहभागिहरुलाई जानकारि गराइयो । तालिमको सहजीकरण राजेन्द्र महर्जन र धनकुमारी सुनारले गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व सांसद दुलारी हरिजन, शान्त थापा र रुकमणी नेपालीले कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तानका लागि र समाजमा रहेका विभेदहरुलाई बाहिर ल्याउनका लागि यस कार्यशालाले सहयोग पुग्ने बताए ।