नवज्योतीमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत

३१ बैसाख, तिलोत्तमा । रुपन्देहीको मणिग्राम चार नम्बर स्थित नवज्योति ई.बो.स्कुलले नयाँ शैक्षिक सत्रमा बिद्यालयमा भर्ना भएका नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ ।

कक्षा पि.जि देखि कक्षा नौ सम्म नयाँ भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य गोपाल ज्ञवाली र सह– प्राचार्य तथा प्रशासकीय प्रमुख राजुदेवी खनालले औपचारिक रुपमा स्वागत सम्मान गरेका हुन ।

कार्यक्रममा विद्यार्थीका साप्ताहिक क्रियाकलाप लगायत हरेक गतिविधिको मूल्याङ्कनका लागि सदनगत शिक्षक प्रतिनिधि समेत चयन गरिएको छ ।

जसअन्तर्गत कक्षा १ देखि ३ सम्मको सदन विभाजन अन्तर्गत कोपिला ज्ञवाली पहेलो सदन , दिपा चापागाई रातो सदन, तीर्था भण्डारी हरियो सदन र पुजा पौडेल निलो सदनमा चयन भएका छन । त्यसैगरी कक्षा ४ देखि ९ सम्मको समूहमा हिमलाल चापागाई पहेलो सदन, निरज घिमिरे हरियो सदन,संगम पौडेल रातो सदन र मिन बहादुर घर्ति निलो सदनमा चयन भएका छन ।

कार्यक्रममा विभिन्न किसिमका सँस्कृति झल्काउने नृत्य तथा गीतहरु र जुनियर रेडक्रस टोलीद्वारा जनचेतना मुलक रेडक्रस सम्बन्धी नाटक पनि प्रस्तुत गरिएको थियो ।

विद्यालयका प्राचार्य गोपाल ज्ञवालीको अध्यक्षता, मा.वि तह संयोजक इन्द्र कुमार राईको स्वागत मन्तव्य र अतिरिक्त क्रियाकलाप प्रमुख लक्ष्मण ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।