तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा आगामी बजेटबारे छलफल

१ जेठ, तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा आगामी आर्थिक बर्ष २०७६। ७७ का लागि प्राप्त वडास्तरीय बजेट सिलिङ उपर आज छलफल भएको छ ।

सो वडामा रहेका ८ टोल बिकास संस्थाका अध्यक्ष एबम वडाबासीहरुको माग सम्बोधन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण न्यौपानेले कृषि, खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षा, बाटो, बिजुली लगायतका क्षेत्रमा प्रभावकारी ढंगले बजेट छुट्टाउने जानकारी दिए ।

त्यस्तै तिलोत्तमा नगरपालिकाबाट आर्थिक बर्ष २०७६। ७७ का लागि बिनियोजित ६८ लाख रुपैयाले नपुग्ने जनगुनासो आएपछी नगर, प्रदेश तथा केन्द्रमा पनि थप बजेटका लागि पहल गर्ने समेत बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका रुपन्देही जिल्ला सदस्य गणेश शर्मा, इन्भारमेन्ट बोर्डिङ स्कुलका अध्यक्ष नेत्रलाल बन, ने क पा वडा इन्चार्ज हरि प्रसाद पान्डेय, ३६ मौजा कुलापानी समितिका बरिस्ठ उपाध्यक्ष बिष्णु भट्टराई लगायतले बजेट सिलिङको छलफलमा विभिन्न सुझावहरु दिएकाा थिए ।

वडाका जनप्रतिनिधिहरु, टोल बिकास संस्थाका अध्यक्षहरु, वडाबासीहरुको उपस्थित रहेको उक्त कार्यक्रमको सन्चालन ति. न. पा ९ का वडासचिब कृष्ण भट्टराईले गरेका थिए ।