तिनाउ विकास बैंक र मिसन विकास बैक को मर्जर पारित

१७ जेठ, बुटवल । बुटवलको हस्पिटललाइनमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेडको विशेष साधारण सभा आज होटल क्लव दि डेनोभो बुटवलमा सम्पन्न भएको छ ।

प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा संचालक श्री रामेश्वर प्रसाद कसजुले स्वागत मन्तव्य दिएका थिए भने बैंकका अध्यक्ष राजेन्द्र प्रसाद वझाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त विशेष साधारण सभाले तिनाउ विकास बैक लिमिटेड र मिसन डेभलपमेन्ट बैक लिमिटेड एक आपसमा गाभ्ने गाभिने (मर्ज गर्ने) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको प्रतिबेदन उपर छलफल गरी शेयर आदान प्रदान अनुपात १ः१ हुने गरि सर्ब–सम्मतिले पारित गरेको छ ।

त्यस्तै बुटवलको ट्राफिकचोकमा केन्द्रिय कार्यालय रहेकोे मिसन डेभलपमेन्ट बैक लिमिटेडको विशेष साधारण सभा आज अमरपाली कटेज बुटवलमा सम्पन्न भएको छ ।

कम्पनी सचिव विष्णु प्रसाद पोखरेलले संचालन गरेको कार्यक्रममा संचालक श्री ऋषिराम पाण्डेयले स्वागत मन्तव्य दिएका थिए भने बैंकका अध्यक्ष टिकाराम घिमिरेले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरे । उक्त विशेष साधारण सभाले तिनाउ विकास बैक लिमिटेड र मिसन डेभलपमेन्ट बैक लिमिटेड एक आपसमा गाभ्ने गाभिने (मर्ज गर्ने) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको प्रतिबेदन उपर छलफल गरी शेयर आदान प्रदान अनुपात १ः१ हुने गरि सर्ब–सम्मतिले पारित गरेको छ ।

साथै मर्जर पश्चात बन्ने तिनाउ मिसन विकास बैक लि. को अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहने भएका छन् ।

मर्जर पश्चात बैकको चुक्ता पुजि रु १ अर्ब १४ करोड, निक्षेप रु १० अर्ब २२ करोड, कर्जा लगानी रु ८ अर्ब ९५ करोड र शाखा संख्या ३८ पुग्ने छ ।