टिफिनको रकम बचाएर मृगौला पिडितलाई सहयोग

८ जेठ, बुटवल । होराइजन जिबिएस जुनियर रेडक्रस सर्कलले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । टिफिन खान ल्याएको रकमबाट बचत गरी जम्मा गरेको ७ हजार ६ सय ३५ रुपिया उनिहरुले मृगौला पिडित कमल कुमाललाई आर्थिक सहयोग गरेका हुन ।

गुल्मीको ईस्मा गाँउपालिका वडा नम्बर १ हर्कोट निबासि मृगौला पिडित कमल कुमालकी श्रीमती पशुपति कुमाललाई बुधवार सहयोग रकम हस्तान्तरण गरेका हुन । बिद्यालयका शैक्षिक निर्देशक जिवनाथ भण्डारी र जुनियर रेडक्रस सर्कलका शिक्षक नायक कृष्ण पौडेलको उपस्थितीमा सर्कल सभापति अभिशेक न्यापानेले सहयोग रकम हस्तान्तरण गरेका हुन ।


बिगत ५ महिनादेखि दुवै मृगौला फेल भएर मणिग्रामको क्रिमसन अस्पतालमा डायलासिस गर्दै आएका २८ बर्षिय कुमालको पारिवारको आर्थिक अवस्था कमजोर रहेको छ ।
उपचार खर्चको जोहो गर्न नसकेपछि उनकी श्रीमती पशुपति कुमालले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी थिईन ।  गुल्मीको ईस्मा गाँउपालिका वडा नम्बर १ को कार्यालयले पनि कमलको उपचारमा सहयोग उपलब्ध गराउन सबैमा अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस ।

सानै उमेरमा समयको कठिन परिक्षा, मृगौला पिडित आफ्ना श्रीमानको जिवन रक्षाको माग