स्वतन्त्र सधैं स्वतन्त्रै भइरहोस् : खत्री

पाल्पा, ३० चैत्र
स्वतन्त्र पकार संघ पाल्पाको दोस्रो अधिवेशन चैत्र ३० गते शनिबार सम्पन्न भयो । दोस्रो अधिवशेनले भोजराज भट्टराईको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघका केन्द्रीय सह–सचिव अम्बिका पाण्डेको विशेष आतिथ्यतामा अधिवेशन भएको हो । अधिवेशनेको उद्घाटन सत्रका प्रमुख अतिथि कमल खत्रीले स्वतन्त्र पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक र सम्मानजनक भएकाले पत्रकारिताको मूल सिद्धान्त, भावना र मर्म अनुसार क्रियाशिल रहनुपर्नेमा जोड दिए । उनले सिकाइले परिपक्व बनाउ“दै लैजाने भएकाले चुनौती र समस्यालाई सिकाइका रूपमा लिन सुझाव दिए । स्वतन्त्र सधैं स्वतन्त्र नै रहोस् भन्दै खत्रीले नेतृत्व कौशल सुदृढ बनाउ“दै स्वतन्त्रका जिल्ला संस्थापकहरूलाई आग्रह गरे । केन्द्रीय सह–सचिव अम्बिका पाण्डेले जिल्ला समितिलाई आवश्यक सहयोग गर्न केन्द्रीय समिति तत्पर रहेको जनाइन् ।

अधिवेशनको बन्द शत्रले उपाध्यक्षमा भविन्द्र गौतम, सचिव रामराज ज्ञवाली, कोषाध्यक्ष प्रकाश न्यौपाने सदस्यहरूमा आर.वी. निश्चल, सुमन सिंजाली, हरिबहादुर जि.सी., डेविड पाण्डेलाई चयन गरेको छ । अधिवेशनबाट केन्द्रीय पार्षदमा जीवलाल सुवेदी, अम्बिका पाण्डे चयन भएका छन् । नव निर्वाचित समितिको पदस्थापन कार्यक्रमपछिको बैठकले सल्लाहकार चयन गर्ने र समिति विस्तार गर्ने सचिव रामराज ज्ञवालीले जनाए ।

अधिवेशनमा निर्वाचन समितिका संयोजक पुष्करराज रेग्मी र सदस्य अम्बिका पाण्डेले स्वतन्त्र पत्रकारको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना मन्तव्य राख्दै पृथक कार्यक्रम गर्दै स्वतन्त्रलाई व्यापीकरण गर्नुपर्नेमा जोड दिए । ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने मूल नारा सहित स्थापित स्वतन्त्र पत्रकार संघको नारा सान्दर्भिक रहेको बताउ“दै निर्वाचन समितिका संयोजक रेग्मीले राजनीतिक पार्टीझैं विभक्त हु“दा नेपालको पत्रकारिताले सही गन्तव्य लिन नसकेको औंल्याए।

स्वतन्त्र पत्रकार संघ पाल्पाले केन्द्रको समन्वयमा पाल्पामै गते जेष्ठमा सातौं केन्द्रीय साधारण सभा आयोजना गरी पाल्पा घोषणा पत्र जारी गरेको थियो । पाल्पामा २०७३ सालमा स्थापित स्वतन्त्रले विभिन्न कार्यक्रम गर्दै आएको छ ।