स्मृति स्पोर्ट्स क्लवद्वारा प्रदेश ५ का खेलाडी र रेफ्रीलाइ सम्मान

५ बैशाख , बुटवल । स्मृति स्पोर्ट्स क्लबले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश न ५ बाट सहभागी खेलाडी तथा रेफ्रीलाई हिजो  सम्मान तथा बिधाई  गरेको छ।

टेबलटेनिस खेल सम्पन्न भैसकेको र पदक विजेता गीता अर्याल र अमृता थापा लाई विशेष सम्मान गरेको छ भने कराते, फूटबल , तेक्वान्दो र भलिबलका खेलाडी लाई सफलताको बिधाई गरेको छ।

स्मृति स्पोर्ट्स क्लबका अध्यक्ष महेश खनालको अध्यक्षता, बुटवल उपमहानगरपालिका उप प्रमुख गोमादेवी आचार्यको प्रमुख आतिथ्यता, क्लबका संरक्षक बिष्णु ढकाल र क्लवका  प्रमुख सल्लाहकार केश बहादुर गुरुङको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । को

कार्यक्रमको  सन्चालन सचीव रमेश न्यौपानेले गरेको क्लवका उपााध्यक्ष उद्दव देवकोटाले जानकारी दिए ।