सयपत्री युवा क्लवद्धारा शुभकामना आदानप्रदान तथा सम्मान

३० चैत, बुटवल । सयपत्री युवा क्लव बुटवल १० ले चैते दशै तथा नयाबर्ष २०७६ को अबसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल रामनगरमा एक समारोहका बिच क्लवले २ जना जेष्ठ नागरिक कुलबहादुर शाहि,ननाकली गुरुङ र २ जना अशक्तता भएका ब्याक्ति रुममाया नेपाली सहित ४ जनालाइ दोसल्ला ओढाएर सम्मान गरेको हो ।

क्लवका अध्यक्ष कमल रानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा न १० का अध्यक्ष पदमबहादुर थापाले क्लवले सामाजिक काम पनि गरेकोमा खुसी ब्यक्त गररे। उनले सकारात्मक कामका लागि वडाले सहकार्य गर्न तयार रहेको समेत बताए ।

कार्यक्रममा वडाप्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक गंगाबहादुर खड्काले १ हजार १ सय २० र संस्थाका संस्थापक अध्यक्ष टलबहादुर क्षेत्रीले १ हजार र उपाध्यक्ष प्रेमकुमार रानाले १ हजार रुपैया अशक्तता भएका ब्याक्ति रुममाया नेपालीलाइ प्रदान गरे।

कार्यक्रममा वडा सदस्य माया बराल,वडा सदस्य तथा पूर्व अध्यक्ष नन्दु काउचा, संस्थापक अध्यक्ष टलबहादुर क्षेत्री ,टंककुमार खड्का,डिबि गुरुङ,क्लवका सचिब सन्तोष गुरुङ ,बसन्त गौचन,मन्दिरका अध्यक्ष शान्ता गौतम,प्रेस सल्लाहकार भरत अधिकारी,उषा भट्टराइ लगायतले बोल्दै क्लवका कामको प्रशंसा गरेका थिए ।