रोटरी क्लब अफ सेन्टर बुटवलको आँखा शिविर

१३ वैशाख, बुटवल । रोटरी क्लव सेन्ट्रल बुटवल र बुटवल उपमहानगर वार्ड न १२ र मुक्तिनाथधाम जेष्ठ नागरिक समाजको संयुक्त आयोजनामा बृहत् निःशुल्क आंखा शिविर शुक्रबार सम्पन्न भएको छ ।

रोटरी क्लव सेन्ट्रल बुटवलका अध्यक्ष टंक प्रसाद पोखरेलको अध्यक्षता, १२ का अध्यक्ष दुर्गा सुवेदीको आतित्थयतामा भएको कार्यक्रममा बाबुराम भट्टराईको स्वागत र रोमकान्त आचार्यको सञ्चालनमा भएको कार्यक्रममा निःशुल्क औषधी र अप्रेशन गर्नुपर्ने बिरामीलाई अप्रेशन समेत गर्ने व्यवस्था मिलाईएको टंक पोखरेलले बताए ।

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान रण अम्बिका आंखा अस्पताल भैरहवाका डा बिनिता भट्टराई पोखरेलको नेतृत्वको टिमले प्राविधिक सहयोग गरेको थियो ।जेष्ठ नागरिक केन्द्रित ९३ बर्ष सम्मका करीव २०० जनाको उपचार भएको थियो ।