रुपन्देही टेबलटेनिस संघमा राखेपका सदस्यसंग अन्तरक्रिया

५ बैशाख, बुटवल । रुपन्देही टेबलटेनिस संघले राखेपका सदस्य सुदिल शाहीसंग टेबलटेनिस खेलको बिकासका लागि हिजो अन्तरक्रिया सम्पन्न गरेको छ।

टेबलटेनिस संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षता, राखेपका सदस्य तथा प्रदेश न ३का खेलकुद संयोजक सुदिल शाहीको प्रमुख आतिथ्यता, प्रमुख सल्लाहकार अर्जुन मान सैन्जुको विशिस्ट आतिथ्यता, पुर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण कुमार श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचीव महेश खनालले गरेका थिए।

सो अवसरमा राखेपका सदस्य सुदिल शाहीले संघलाई बल तथा रबर समेत प्रदान गर्नु भएका थिए ।