यस्तो छ २०७६ सालको वार्षिक राशिफल हेर्नुहोस

ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)
मेष : (चु,चे,चो,ल,लि,लु,ले,लो,अ) तपाईंको लागि २०७६ साल उत्तम छ । चिताएको कामले पूर्ण होला । नवौं वृहस्पतिले भाग्यशक्ति बलियो बन्दै जाला । पति पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद स्थितमा रम्ला ।

दाजुभाई दिदीबहिनीको सहयोगले प्रभावशाली बनाउला । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्ला । जग्गा जमिनको कारोबारले नै होला । वर्षभरि विभिन्न उतारचढाव आउनेछन । वर्षको पूर्वार्ध र अन्त्य समयमा बृहस्पतिको अनुकूलताले विभिन्न अवसर प्राप्त हुनेछन । केही परिस्थितिसँग सम्झौता गर्नुपरे पनि यस बीचको मिहिनेतले दिगो फाइदा दिलाउनेछ ।

अध्ययनमा राम्रो नतिजा हासिल हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ । लगनशीलताले विदेश जाने अवसरसमेत दिलाउन सक्छ। घरमा मंगलमय कार्य सम्पादन हुनेछ । प्रेम सम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ । असार, असोज, माघ र फागुन महिना अझ उत्तम रहने छ ।

वृष : (इ,उ,ए,ओ,वा,वि,वू ,वे,बो) तपाईंको लागी २०७६ साल अनुकूल नै रहेकोे छ । पठन पाठान र व्यवसायमा राम्रो प्रगति हुनेछ । धनधान्यको वृद्धि मानसिक प्रसन्नता हुने छ । सातौ वृहस्पतिकारण धर्मकर्ममा रूचि बढ्ने छ । बिपरित लिङ्गको सहयोग मिल्ने, प्रेम प्रसङ्ग पनि अनुकूल नै रहने छ। राज्य क्षेत्र बाट भने त्यति राम्रो छैन ।

जग्गाजमिन सम्बन्धि कारोबारमा पनि झमेला हुन सक्छ । भाग्यले जीवनसाथी जुराउनेछ भने गृहस्थी सुखसागरमा रमाउनेछ। मिहिनेतले उत्तम रोजगारी दिलाउन सक्छ । बर्षभर अढैया शनि छ। फागुन ४ गतेसम्म अढैया शनि दशा छ । जसले मानसिक असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण टाढिनुपर्ने स्थिति आउन सक्छ । यात्रामा व्यवधान आउनेछ भने वैदेशिक रोजगारीमा पनि समस्या उपस्थित
हुनेछ ।

दीर्घकालीन योजना नहुँदा उपलब्धिबिनै समय व्यतीत हुनेछ । असोज पछि स्थितिमा सुधार आउनेछ भने शत्रु परास्त हुनुका साथै गुमेको अवसर पुनस् प्राप्त हुनेछ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । नोकरीमा प्रवेश तथा पदोन्नति हुने बलियो सम्भावना छ । वर्षान्ततिर अध्ययनले गति लिनेछ भने विदेशयात्राको अवसर समेत प्राप्त हुने देखिन्छ । नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ । विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ।बर्षको मध्य केहि प्रतिकुल रहेपनी आर्थिक दृस्ठिकोणले साउन, कार्तिक, फागुन र चैत उत्तम छ ।

मिथुन : (स,का,कि,कु,घ,ङ,छ,के,को,ह) तपाईंको लागी २०७६ साल सामान्य छ । फागुन ४ गतेपछि अढैया शनि दशा प्रारम्भ हुन्छ । जसले मानसिक असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण टाढिनुपर्ने स्थिति आउन सक्छ ।

यात्रामा व्यवधान आउनेछ भने वैदेशिक रोजगारीमा पनि समस्या उपस्थित हुनेछ । अप्ठ्यारो परिस्थितिमा सुनिश्चित कामसमेत अवरुद्ध बन्नेछन् भने आफ्नो सम्पत्तिमाथि अरूले अधिकार जमाउन सक्छन् । मंसिरदेखि स्थितिमा सुधार आउनुका साथै आफन्तहरूको सहयोग प्राप्त हुनेछ । असोज पछि वृहस्पतिको अनुकुललाले बौध्दिकस्तर उच्चतहको रहनाले पढाईलेखाई तथा परीक्षा प्रतियोगिताहरु सफल होलान । राजनीतिले योग्यताको वृध्दि गर्ला । नोकरीबाट प्रशंसायोग्य कार्यको चर्चा होला ।

सन्तानहरु आग्याकारी होलान् पतिपत्नीबीच सौहार्दपूर्ण व्यवहारले दाम्पत्य जीवन सुखद बन्ला । बर्षको उत्तरार्ध अनुकुल नै रहने देखिन्छ । साधारण तया वैशाख,भाद्र, मंसिर र चैत महिना शुभ रहेको छ ।

कर्कट : (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तपाईंको लागि २०७६ उत्तम नै छ । एकसाथ प्राप्त हुने अवसर र चुनौतीको संक्रमणबाट केही वस्तु गुमाउनुपरे पनि यो वर्ष विशेष उपलब्धि प्राप्त हुनाले जीवनस्तरमा सुधार ल्याउन सफल भइनेछ ।

वर्षारम्भमा केही खर्च र संघर्ष गर्नुपरे पनि कर्मयोग बलियो रहनेछ । बृहस्पतिको अनुकूलताले धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनमा अभिरुचि बढ्नुका साथै उल्लेख्य प्रगति हातपार्न सफल भइनेछ । प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ । वर्षको मध्यतिरनोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ ।

व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ । सवारी तथा चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ । स्वास्थ्येमा पेट सम्बन्ध समस्यले सताउन सक्छ । वर्षभरि शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा बढ्नेछ ।  व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट पनि
फाइदा हुनेछ । बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ । समग्रमा बैशाख, जेठ, असोज र पुस महिना अझ शुभ छन् ।

सिंह : (मा,मि,मु,मे,मो,टा,टी,टु,टे) तपाईंको लागि २०७६ साल आफ्नो पक्षमा रहेको छ । एकसाथ प्राप्त हुने अवसर र चुनौतीको संक्रमणबाट केही वस्तु गुमाउनुपरे पनि यो वर्ष विशेष उपलब्धि प्राप्त हुनाले जीवनस्तरमा सुधार ल्याउन सफल भइनेछ ।

वर्षारम्भमा केही खर्च र संघर्ष गर्नुपरे पनि कर्मयोग बलियो रहनेछ । बृहस्पतिको अनुकूलताले धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनमा अभिरुचि बढ्नुका साथै उल्लेख्य प्रगति हातपार्न सफल भइनेछ । प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ । वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ ।

व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ । सवारी तथा चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ । वाणी प्रभावकारी रहनाले महत्वपूर्ण व्यक्तित्वको सामिप्यतामा रमाउन पाइएला । आमाबाबु लगायत दाजुभाई दिदीबहिनीको सद्भाव प्राप्त होला । सन्तानबाट सुख पाइएला । इष्टमित्रबाट सहानुभूतिको अपेक्षा गर्न सकिन्छ । भाग्यशक्ति निकै मजबुत रहला । दैवीय दुर्घटनाका विपत्तिहरु निराकरण होला । आर्थिक हिसाबले जेठ ,असार ,कार्तिक र माघ महिना उत्तम छ ।

कन्या : (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) तपाईंको लागि २०७६ सामान्य छ । फागुन ४ सम्म अढैया शनिको प्रभावले सामान्य अनिष्ठताको प्रवलता रहे पनि
अन्य ग्रहको अनुकूलताले यस वर्ष सामान्य प्रकारले गुज्रिएला । भाग्यशक्ति कमजोर देखिनाले कमजोर मनोवाञ्छितकार्यमा विलम्वता आउला ।

व्यवसायतर्फ उतारचढाव आए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ । अध्ययनले नयाँ गति लिनेछ भने व्यावहारिक ज्ञानको उचाइमा वृद्धि हुनेछ। पढाइ तथा रोजगारीका सिलसिलामा देश– विदेश घुम्ने अवसर जुर्न सक्छ । भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ ।

गृहस्थी सुखद् र आनन्दमय रहनेछ । धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । वर्षको उत्तरार्धमा सन्तानसुखको योग रहेको छ । आमाबाबुको आशिर्वाद पर्याप्त रहला । सन्तान आग्याकारी बन्लान । इष्टमित्र पनि सहयोगी देखिएलान । पतिपत्नीमा प्रेमयुक्त वातावरणले दाम्पत्य जीवन सुखी होला । बौद्धिकस्तरको उच्चताले पठनपाठनसहित प्रतियोगिताहरु सफल बनाउला । कृषिको कामबाट फाइदा नै होला । असार ,साउन ,मंसिर र फागुन महिना अझ शुभ रहने छन् ।

तुला : ( रा,रि,रू,रे,रो,ता,ती,तु,ते) तपाईंको लागी २०७६ साल राम्रो छ । यो वर्ष अवसरले दिने उत्साहलाई विविध चुनौती र संघर्षमय संक्रमण पार गर्दै खुसीमा रूपान्तरण गर्न सफल भइनेछ ।

नोकरीमा प्रवेश वा पदोन्नति, व्यापारमा वृद्धि तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने योग छ। कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा पनि फाइदा हुनेछ । यद्यपि फागुन ४ बाट अढैया शनि सुरू हुने हुदा बौद्धिकस्तरमा ह्रासताले परीक्षा प्रतियोगिता खासै सफल नबन्ला ।बाणीमा कटुता झल्कने अवस्थाको सृजनाले मनमा अशान्ति छाउला । वैदेशिक रोजगारीले पनि फाएदा नगर्ला । व्यापार व्यवसायले भने जीवनस्तर सुधार्ला । खेती किसानीमा उच्चता । अनावश्यक खर्च नियन्त्रणशिलता बढ्ला । राजनैतिक गतिविधिमा प्रशंसायोग्य कार्यले स्याबासी दिलाउला । नोकरीमा ख्याती बढ्ने कामहरु होलान । समग्रमा साउन, भदौ, पुस र चैत महिना शुभ छन् ।

वृश्चिक : (तो,ना,नि,नु,ने,नो,या,यी,यु) तपाईंको लागि २०७६ साल मध्यम छ । फागुन सम्म शनिको अन्त्य साँढेसाती दशाले नराम्रो अवस्था देखिए पनि अन्य समयमा भने सुखद फलको अपेक्षा गर्न सकिन्छ । वाणी प्रभावशाली बन्न नसक्दा समस्या उत्पन्न होल ।

ईर्ष्या गर्नेहरूले चर्को आलोचना गर्नेछन् । चिताएको काममा अवरोध आउन सक्छ । ठूला अधिकारीसँगको विवादले नोकरीमा असहज अवस्था आउने सम्भावना छ । झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ र मानहानिको योग भएकाले होसियार रहनुहोला । अत्यधिक खर्च लागे पनि प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुने देखिन्छ । अध्ययनमा सुरुमा समय दिन नसकिए पनि वर्षान्तमा राम्रै प्रगति हुनेछ। परिस्थिति अनुकूल बन्नाले वर्षान्ततिर पहिले रोकिएका कामहरू पनि सम्पादन हुनेछन् । वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन । समग्रमा वैशाख , भाद्र, असोज र माघ महिनामा पनि अझ शुभ हुन सक्छ।

धनु : ( ये,यो,भा,भि,भु,धा,फा,ढा,भे ) तपाईंको लागि २०७६ साल उत्तम रहेको छ । अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ । तारिफयोग्य काम सम्पादन गर्नाले थप अवसर प्राप्त हुनेछन् ।

प्रेमको गाँठो कसिनुका साथै वैवाहिक बन्धनमा बाँधिने साइत जुर्न सक्छ । समाजसेवा एवं परोपकारी काममा मन जानेछ । जेठ देखि कार्तिक सम्म गुरु खर्चभावमा रहने र वर्षभरि शनिको मध्य र अन्त्य साढेसाती रहने हुँदा फजुल खर्च बढ्नुका साथै कर्मयोगमा अवरोध आउने देखिन्छ ।
आमाबाबुको र इष्टमित्रको सद्भाव प्रयाप्त रुपमा नपाइएला । राजनीतिले समाजमा तिरस्कारको वातावरण निम्त्याउला । नचाहिदो खर्च कटौतीमा सक्षमता बढ्ला । बौद्धिकता सुधारोन्मुक अवस्थाम जानाले परीक्षा प्रतियोगिताहरु सफल बन्दै जाला । सन्तानबाट सुख तथा दाजुभाई दिदीबहिनीको सहयोग भइरहला । व्यापार व्यवसायबाट आन्दानी मनग्ये होला ।

पशु पंक्षिपालनबाट पनि उन्नतिमार्ग विस्तार होला । जग्गाजमिन सम्बन्धि कार्यबाट फाइदा नै होला । पापीय मनोवृति शिथिल बन्दै जाला । धार्मिक गतिविधिले मानसिक शान्ति स्थिरतातर्फ लैजाला । सवारी लगायत दैवीय दुर्घटनामा न्यूनताको आभास मिल्ला । भाग्यशक्ति निकै उर्वर ।बन्दै गएको अनुभूति पाइएला । आर्थिक दृष्टिकोण बाट जेठ , असोज ,कार्तिक र फागुन महिना शुभ छ।

मकर : (स,भो,जा,जि,खि,खु,खे,खो,गा,गि) तपाईंको लागि २०७६ साल मध्यम छ । वर्षभरि आद्य र मध्य साढेसाती शनि रहने हुँदा फजुल खर्च बढ्नुका साथै कर्मयोगमा अवरोध आउने देखिन्छ । झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ र मानहानिको योग भएकाले होसियार रहनुहोला । अत्यधिक खर्च लागे पनि प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुने देखिन्छ ।

अध्ययनमा सुरुमा समय दिन नसकिए पनि वर्षान्तमा राम्रै प्रगति हुनेछ । परिस्थिति अनुकूल बन्नाले वर्षान्ततिर पहिले रोकिएका कामहरू पनि सम्पादन हुनेछन् । असार, कार्तिक, मंसिर र चैत महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने असार र मंसिर महिनामा अलि हानि हुन सक्छ । विधिपूर्वक शनिदेवको शान्ति गर्दा वर्षभरि देखापर्ने प्रतिकूलताबाट बच्न सकिनेछ । शनिबार पीपलमा जल चढाउनाले र बिष्णु लक्ष्मी को उपासना साढेसातीजन्य दोष शान्त भई लाभ मिल्नेछ ।

कुम्भ : (स्(गु,गे,गो,सा,सि,सु,से,सो,द) तपाईंको लागि पनि २०७६ साल अनुकुल छ । नोकरीमा प्रवेश वा पदोन्नति, व्यापारमा वृद्धि तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने योग छ । कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा पनि फाइदा हुनेछ ।

व्यवसायतर्फ उतारचढाव आए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ । अध्ययनले नयाँ गति लिनेछ भने व्यावहारिक ज्ञानको उचाइमा वृद्धि हुनेछ । पढाइ तथा रोजगारीका सिलसिलामा देश–विदेश घुम्ने अवसर जुर्न सक्छ । भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ ।

गृहस्थी सुखद् र आनन्दमय रहनेछ । धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । वर्षको उत्तरार्धमा सन्तानसुखको योग रहेको छ । फागुन ४ गते पछि आद्य साढेसाती शनि भएकाले घरायसी विवादले चर्को रूप लिन सक्छ । जन्मसमयमा प्रतिकूल शनि हुनेहरूलाई अस्वस्थता, झुटा आरोप, धनहानिजस्ता बाधा आउनुका साथै टाउको तथा नसा-जोर्नीमा समस्या देखापर्ने सम्भावना छ । यद्यपि बैशाख, साउन, मंसिर र महिना शुभ छन् ।

मीन : (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) तपाईंको लागी २०७६ साल आफ्नो पक्षमा रहेको छ । जागीर नोकरीमा प्रवेश एवं पदोन्नति गराउन सक्छ राजनीतिमा लाग्नेहरूलाई विशेष पद प्राप्त हुने सम्भावना छ । भाग्यले घरजग्गा लगायत स्थायी सम्पत्ति दिलाउन सक्छ ।

उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुनेछ । विद्यार्थीहरूका लागि वर्षको प्रारम्भ र अन्त्य बढी उपलब्धिमूलक रहनेछ । भौतिक साधन जुट्नुका साथै कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ । बर्षको मध्ये तिर फजुल खर्च एवं वादविवाद निम्त्याउने र उप्रान्त शीर्षभावमा प्रवेश गरी गलत बाटोतर्फ अग्रसर गराउने सम्भावना छ । असोज पछी बृहस्पतिको स्थानान्तरणले कामको दायित्व बढाउनेछ ।

तर, उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि-विवेकले काम लिन नसकिएला । शुभचिन्तकहरूले पनि साथ दिन छोड्नेछन् । साझेदारीमा विवाद र पारिवारिक मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ । जेठ भाद्र, पुस र माघ महिना बढी लाभदायक रहनेछन् ।

लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् ।