यमाहाको सेफ्टी फिचर सहितको ‘दी लर्ड अफ दी स्ट्री’ बजारमा

पाल्पा/पाल्पाका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले एफजीको विरासत र ‘सिग्नेचर स्टाइलिङ’लाई निरन्तरता दि“दै यामाहा एफजीएस–एफआईको तेस्रो पुस्ता (भी ३.०) सार्वजनिक गरेको छ । एफजीएस–एफआई भी ३.०अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।

अहिले रोमाञ्चक राइडका लागि अपरिहार्य बनेको सेफ्टी फिचर ‘एबीएस’जडित शक्तिशाली यामाहा एफजीएस–एफआई भी ३.०लाई गर्वका साथ ‘दी लर्ड अफ दी स्ट्रिट’भनिन्छ। एबीएस र फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिनले एफजीएस–एफआई भी ३.०लाई आर्थिक र वातावरणीय रूपमा १५० सीसीको सर्वोत्कृष्ट मोटरसाइकल बनाएको छ। यो नया“ मोटर साइकलको सार्वजनिकीकरणले यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ । नया“ वर्ष २०७६ को उल्लासलाई बढाउन ज्ञानेन्द्र अटो वक्र्सले यामाहा एफजीएस–एफआई भी ३.०को प्रारम्भिक मूल्य तीन लाख नौ हजार नौ सय रुपैया“ मात्र तोकेको छ ।

यामाहाले नया“ एफजीएस–एफआई भी ३.० को ‘पावरट्रेन’मा ठूलो सुधार ल्याएको छ । यसमा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ। यसमा अघिल्लो पुस्तामा झैं ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ। यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ ।

राइडरको सुरक्षालाई मध्यनजरमा राखेर यामाहाले एफजीएसको तेस्रो पुस्तामा सिंगल च्यानल ‘एबीएस’जडान गरेको छ जसले ब्रेकिङ कन्ट्रोललाई जबरजस्त बनाइदिएको छ । नया“ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीनवटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ ।

नया“ एफजी भी ३.० मा नया“ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नया“ ‘मस्कुलर फ्युल ट्यांक’ रहेको छ। ‘मस्कुलिन थिम’मा डिजाइन गरिएको नया“ एफजी भी ३.० मा नया“ ‘स्पेट–अप स्टाइल’को सिंगल सिट, नय“ँ एलोई ह्विल र फेन्डरहरू समेत‘रिडिजाइन’ गरिएको छ । त्यस्तै, टर्न इन्डिकेटर थोरै माथि सारिएको छ भने एक्जस्ट कभरको डिजाइन पनि आकर्षक बनाइएको छ । यसमा पनि डिजिटल इन्स्टूयुमेन्ट कन्सोल रहेको छ तर अघिल्लो पुस्तामा भन्दा धेरै ‘इन्फर्मेसन’ यसले दिन्छ । त्यसैगरी, नया“ मोटरसाइकलमा ‘कि (सा“चो) पोजिसन’ ट्यांकमा सारिएको छ ।