मिस्टर एण्ड मिस स्कुल नवलपुर २०१९ हुने

२२ चैत, बुटवल । नवलपरासीलाई मुख्य क्षेत्र बनाउँदै मिस्टर एण्ड मिस स्कुल नवलपुर २०१९ हुने भएको छ ।

युवाहरुमा भएको प्रतिभालाई नेपालमा मात्र नभई सन्सार सामु चिनाउने र युवाहरुको व्यक्तिव बिकास गर्ने अभियान स्वरुप पहिलो पटक कार्यक्रम हुन लागेको कार्यक्रम आयोजक थ्री ब्रोद्रर्स फोटोग्राफीले जानकारी दिएको छ ।

कार्यक्रमको आबेदन फारम खुल्ला भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा कक्षा ६ देखि ९ सम्मको विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् ।

युवाको व्यक्तिव बिकास ,अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने तथा सामाजिक सस्थाहरुमा उहाँहरुलाई सहभागीता गराउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम बैशाख महिनाभरमा तालीम प्रदान लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नवलपुरमा स्थित सम्पुर्ण बिध्यालयहरुबाटल बिद्यार्थीहरुलाई सहभागिता गराईने छ भने कार्यक्रमको बिजेता, फस्ट रनर अप, सेकेण्ड रनरअप ले क्रमशः लाई १ बर्ष, ६ महिना, ३ महिनाको छात्रवृत्ति प्रदान गरिनेछ ।

साथै ३ महिना , २ महीना , १ महिना चल्चित्र अभिनय कक्षा र थुप्रै अन्य पुरस्कर प्रदान गरिनेछ । आयोजकबाट बिजेतालाई अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा नेपालबाट सहभागिता गराइनेछ ।