बुटवलको ट्राफिक चोकमा शंकास्पद बस्तु, बम भएको आशंका

५ बैशाख, बुटवल  ।बुटवलको ट्राफिकचोकमा शंकास्पद बस्तु फेला परेको छ । शिवम् मेसिनरी स्टोर अगाडि सडक पेटिमा पराल माथि उक्त शंकास्पद बस्तु फेला परेको हो ।
सो बस्तु बम भएको आशंका गरिएको छ । सडिष्पोजलका लागि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा आइसकेको छ । घटना स्थलमा अहिले ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । शंकास्पद बस्तु राख्ने समुहको खोजी भइरहेको प्रहरिले जनाएको छ ।

आज नेपाल बन्दको आब्हान गरेको विप्लव नेर्तत्वको नेकपा माओवादिले सो बम राखेको प्रहरीले अनुमान गरेको छ । तर घटनाको जिम्मा कसैले लिएको छैन । शंकास्पद बस्तुका कारण अहिले त्यहाको जनजिवन बसित बनेको छ । आज देशैभर बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन ।