फर्निचर उद्योगीको शुभकामना तथा भित्तेपात्रो विमोचन

२९ चैत, बुटवल । बुटवल फर्निचर उद्योग संघले नया वर्ष २०७६ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल फर्निचर उद्योग संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे, सल्लाहकार विष्णु कुमार श्रेष्ठ, माधव शर्मा पौडेल, उपाध्यक्ष तेज प्रसाद पराजुली, महासचिव जिवकान्त काफ्लेले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका छन ।

वडाअध्यक्ष क्षेत्रीले यो वर्षभरि नै सबै क्षेत्रमा धेरै उतारचढाव आएको भन्दै आगामी वर्षहरुमा सकारात्मक सुधार हुनेमा आशा ब्यक्त गरे । तल्लो तहका रहेका उद्योगी ब्यवसायीहरुको समस्यालाई बुझ्ने गरि सरकारबाट योजना आउनुपर्ने उनले सुझाव दिए ।

संस्थागत रुपमा उठाईएका आवाजलाई सम्बोधन हुने भन्दै सहि कुरालाई अगाडि बढाउनुपर्ने बताए । सरकारले सामाजिक सुरक्षा ऐन ठुला उद्योगीहरुलाई लक्षित गरि ल्याएको गुनासो गर्दै सबै वर्गका उद्योगीहरूलाई समेट्ने गरि संशोधन गर्न सुझाव दिए ।

बुटवल फर्निचर उद्योग संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले स्थापनाकालदेखि नै उद्योगीहरुको हकहितसंगै सामाजिक गतिविधिहरुमा समेत अग्रसर रहदै आएको बताए भित्तेपात्रो प्रकासनले सबै उद्योगीहरुबिचमा आपसी भाईचारा समेत कायम हुने उनले बताए ।

कार्यक्रममा बोल्ने फर्निचर उद्योगीहरुले दक्ष कामदारको अभावलाई आगामी दिनहरुमा समाधान हुने गरि तालिमहरुबाट स्वदेशी कामदार उत्पादन हुनेमा आशा ब्यक्त गरे ।