प्रधानमन्त्री ओलीलाई जितगढीमा कालो झण्डा ( भिडियो सहित )

७ बैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।कालो झण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे हुन । जितगढी बिजय उत्सव समारोहलाई सम्बोधन गरिरहेका बेला घिमिरेले उनलाई कालोझण्डा देखाएका हुन् ।

‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै ती युवाले कालोझण्डा देखाएको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला विद्युत सर्ट भएर आजाव आएपछि उठेका मानिसको भीडबाट ती युवा कालोझण्डा निकालेर नारा लगाउँदै मञ्चतर्फ अगाडि बढेका थिए । कालो झण्डा देखेपछि प्रधानमन्त्रिी ओलीले केहीबेर सम्बोधन समेत रोकेका थिए ।

प्रहरीले घिमिरेलाई अहिले नियन्त्रणमा लिएको छ ।

 

भिडियो सहित