नयाँ वर्ष २०७६ को अवसरमा सैनामैना नगरपालिकाको सुभकामना

३० चैत, बुटवल । नयाँवर्ष २०७६ को अवसरमा सैनामैना नगरपालिकाले सम्पुर्ण नगरवासि सहित देशबिदेशमा रहने नेपालीहरुमा सुभकामना प्रदान गरेको छ । नगर प्रमुख चित्र बहादुर कार्कीले आज एक शुभकामना सन्देश जारि गर्दै स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन ।

“नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोट समृद्ध नेपाल निर्माणको आधार वन्न सफल हुने विश्वासका साथ यो अवसरमा सुभकामना व्यक्त गर्न चाहन्छु” सुभकामना  सन्देशमा भनिएको छ ।

अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको र संघीयताको व्यवहारिक कार्यान्वयनको चरण सुरु भएको भन्दै नगरप्रमुख कार्कीले २०७५ ले संघीयता कार्यान्वयन र समृद्धिको आधार तयार पारेको भन्दै नयाँबर्षले यसको सफल कार्यान्वयन गराउने बिश्वास व्यक्त गरेका छन ।

अब समृद्ध सैनामैना र सुखी सैनामैना बासि निर्माणको अभियानलाई साकार पार्नुपर्ने भन्दै कार्कीले सैनामैना नगरपालिकाका सहितका स्थानीय सरकारले तयार पारेका विकास र समृद्धिका आधारहरुलाई प्रदेश र संघीय सरकार समेतका सहकार्यमा समृद्ध नेपाल निर्माणको महाअभियानमा जुट्न  सैनामैनाबासीलाई आव्हान समेत गरेका छन ।