नयाँबर्षले संघियताको सफल कार्यान्वयन गरोस: देवदह नगरप्रमुख खत्री

३० चैत, बुटवल । नयाँवर्ष २०७६ को अवसरमा देवदह नगरपालिकाले शुभकामना प्रदान गरेको छ । नगरपालिकाका मेयर हिराबहादुर खत्रीले आज एक सुभकामना सन्देश जारि गर्दै स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन ।

“नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोट समृद्ध नेपाल निर्माणको आधार वन्न सफल हुने विश्वासका साथ यो अवसरमा सुभकामना व्यक्त गर्न चाहन्छुू” शुभकामना सन्देशमा भनिएको छ ।

अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको र संघीयताको व्यवहारिक कार्यान्वयनको चरण सुरु भएको भन्दै नगरप्रमुख खत्रीले २०७५ ले संघीयता कार्यान्वयन र समृद्धिको आधार तयार पारेको भन्दै नयाँबर्षले यसको सफल कार्यान्वयन गराउने बिश्वास व्यक्त गरेका छन ।

अब समृद्ध देवदह र सुखी देवदहबासी निर्माणको अभियानलाई साकार पार्नुपर्ने भन्दै खत्रीले देवदह नगरपालिकाका सहितका स्थानीय सरकारले तयार पारेका विकास र समृद्धिका आधारहरुलाई प्रदेश र संघीय सरकार समेतका सहकार्यमा समृद्ध नेपाल निर्माणको महाअभियानमा जुट्न देवदहबासीलाई आव्हान समेत गरेका छन ।