नयाँबर्षमा प्रदेश ५ मुख्यमन्त्री पोखरेलको सुभकामना सन्देश

३० चैत, बुटवल । नयाँवर्ष २०७६ को अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा सुभकामना प्रदान गरेका छन । मुख्यमन्त्री पोखरेलले एक सुभकामना सन्देश जारि गर्दै देश बिदेशमा रहने सम्पुर्ण नेपालीलाई सुभकामना प्रदान गरेका हुन ।

“नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोट समृद्ध नेपाल निर्माणको आधार वन्न सफल हुने विश्वास व्यक्त गर्दछु” जारि सन्देशमा भनिएको छ ।
नयाँवर्षको नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमा बदलौ । मन्त्री पोखरेलले समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा अपिल समेत गरेका छन ।