तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु

३० चैत, बुटवल । तिनाउ नदीमा डुबेर एक जना किशोरको मृत्यु भएको  छ ।

बुटवलका १६ बर्षीय सिद्धार्थ शाक्यको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्न गएका उनको डुबेर मृत्यु भएको हो ।

उनी बुटवलको चांदबारीमा बस्दै आएका थिए । ९ जनाको समूह घुम्न निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माबिबाट भर्खरै एसईई दिएका थिए ।

उनको खोलामा डुबेर मृत्यु भएको दोभान प्रहरी प्रहरी निरिक्षक एक बहादुर नेपालीले बताए । ‘साथीहरुसँग घुम्न गएका रहेछन्, फोटो खिच्न खोलामा पुगेको बेला पानीको भुमरीमा परेपछि साथीहरुले निकाल्न नसक्दा उनको मृत्यु भएको’ स्थानीय उद्धारकर्ता बिष्णु पाण्डेले बताए ।