चिन्ता होइन चिन्तन गर्नुहोस

चक्रपाणी डुम्रे

सुन्दा उस्तै लाग्ने चिन्ता र चिन्तनको परिणाम आकाश पातलको फरक छ । चिन्ता जीवनमा अपेक्षित परिणाम हासिल गर्न नसक्दा वा निराशा र पराजित मानसिकताको पराकाष्ठा हो , भने चिन्तन जीवनको हरेक परिस्थितिमा समान रहेर थप आशा र उत्साह अथवा लक्ष्यित लक्ष्य प्राप्तिको मार्ग निर्देशक पनि हो ।

चिन्ताको दायरा साघुरो हुन्छ , जसले मानिसलाई सँकुचित बनाउछ साथै चिन्तनको दायरा भने फराकिलो छ जसले संयमित जीवन शैली सङ्गै सफलताको यात्रा तर्फ लम्काउन सघाउ पुर्याउछ । हिजोआज समाजमा चिन्तान भन्दा चिन्ता गर्ने मानिस निकै देखिन्छन् ।

कोहि केहि गुमेकोमा चिन्तित छन् त कोहि इच्छाय को चिज नपाउदा चिन्तित छन् । जे होस् हाम्रो तनाव,पीर चिन्ता र अशान्ति कारण हामिले इच्छायको नहुनु हो । हामिले चाहेजस्तो नहुनु हो । यदि तपाई धनसम्पती गुमेकोमा दु:खी हुनुन्छ भने दु:खी नहुनुस होइन धनसम्पत्ती पाएकोमा तपाईं यदि खुसी हुनुन्छ भने पनि खुसी हुनुको अर्थ छैन । किनभने यी धनसम्पतीका कारण आउने भौतिक सुख सुबिधा भोलि नहुन पनि सक्छ छैन भने भोलि हुन पनि सक्छ । किनभने सधै हामीले चाहेजस्तो अपेक्षित परिणाम नमिल्न सक्छ ।

सुखदुःख त क्षणिक छन् आउछन् जान्छन् । तेसलाई बिर्सेर वर्तमानलाई अझ परिणानात्मक बनाउन तर्फ चिन्तन गर्नु उत्तम हुन्छ । नितिमा भनिएको छ – सुखस्यानन्तरं दु:खं दुखस्यानन्तरं सुखम् । सुखंदु:खं मनुष्याणां चक्रवत परिवर्तते ।। ” सुख पछि दु:ख र दु:ख पछि सुख आउँछ। सुख र दु:ख त मनुस्य जीवनमा चक्रझै परिवर्तन भइरहन्छन् । ” मानव जीवनमा सुख -दुःख ,हर्ष -विषाद ,लाभ- हानी ,जय- पराजय , सफलता – असफलता आदिजस्ता कुराहरू बारम्बार आइ नै रहन्छन् । यी कुनै पनि अवस्था मनुष्य जीवनमा नित्य छैनन् । यदि नित्य छ भने तो चिज हो आत्मा । तसर्थ जस्तोसुकै परिस्थितिमा पनि मनिसले आफ्नो मनमा हलचल पैदा हुन दिन हुदैन । मनलाई बिचलित हुन दिन हुदैन । हरेक परिस्थितिमा समभाब राखेर निरन्तर मानिसले सत् चिन्तन गर्दै आफ्नो कर्तव्य प्रति उत्तरदायी भएर लाग्यो भने सफलता प्राप्त गर्न त्यति गाह्रो पर्दैन ।

गीतामा भनिएको छ-” दु:खेष्वनुदिग्नमना: सुखेषु विगतस्पृह:। वीतरागभयक्रोध: स्थितधीर्मुनिरूच्यते ।।” जस्तै : दु:ख प्राप्त हुदा जसको मन उद्बिग्न या विचलित भएको हुदैन र सुख प्राप्तिमा पनि तृष्णा ,लालसा आदि आसक्ति पैदा भएको हुदैन जो नि:स्पृह रहन्छ र जसको राग, भय, क्रोध ,आदि नष्ट भएका छ्न् । त्यस किसिमको मानिसलाई नै स्थिरबुद्धिवाला भनिन्छ । जसलाई सुखदुःख आदि द्वन्द्वहरूले बिचलित पार्न सक्दैन र जो माया,मोह,काम,क्रोध,भय,त्रास आदिबाट पनि विक्षिप्त बन्दैन ,उसको बुद्धि स्थिर भएर रहन्छ । जसको मन दृढ छ । आफ्नो उदेश्य प्रति स्थिर र अटल भैसकेको छ, जसको मन जस्तोसुकै निन्दा,तिरस्कार,अपहेलना आदिबाट बिचलित हुदैन ,जो सुखप्राप्तिमा उन्मादयुक्त पनि बन्दैन र दुबैमा स्थिर रहन्छ । उनीहरुको चिन्तन पनि परम सत्यको मात्र हुन्छ । त्येस्ता मानिसले परिवर्तन को रहस्यलाई बुझ्न सक्दछ्न् ।

अन्ततः वास्तविक आनन्द प्राप्त गर्दछ्न् । हामीले सोच्ने गर्दछौं कि भौतिक सुख नै वास्तविक सुख हो । त्यस बाट प्राप्त हुने क्षणिक सुखलाई नै महत्त्व दिएका हुन्छौं । यदि भौतिक उन्नतिले नै सुख शान्ति दिने भए के संसारका सबै धन सम्पत्ति , पद प्रतिष्ठाले युक्त मानिस आनन्दित छन् त ? छैनन् । निस्चय नै भौतिक उपलब्धि वास्तविक हुनै सक्दैन , स्थिरता , परम सुख र शान्ति दिन त परै जसको परिणाम चिन्ता , अहंकार ,तनाव र अस्थिरत सिवायक अरू हुनै सक्दैन । त्यसैले,अखण्ड प्रसन्न हुने प्रयास गरौं दु:खमा पनि आनन्दित बनौं ,जे गुमे पनि ।

भौतिक वस्तु चाहे हुन चाहे नहोउन तर परम सत्यको पनि चिन्तन गरौं । वास्तविकताको खोजी गरौं । भौतिक सम्पन्नतालाई पुर्ण सफलता ठान्न भन्दा आफू, आफ्नो अस्तित्व र आफुभन्दा परको परम दैवी रहस्यको पनि चिन्तन गरौं । आफ्नो अस्तित्व लाई गुम्न नदिउ । सुख र दुःखमा समान रहेर आफ्नो अवस्था लाई बिचलित हुन नदिए मात्र जीवन सार्थक बन्नेछ। अस्तु।

( लेखक स्वतन्त्र पत्रकार संघ रूपन्देहीका उपाध्यक्ष हुन् )

dumrechakrapani@gmali.com