एशीयन लाईफ ईन्स्योरेन्सद्धारा रक्तदान

२१ चैत, बुटवल । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको १२ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

एशियन लाईफ ईस्यारेन्स कम्पनीका क्षेत्रीय कार्यालय बुटवल संयोजकत्वमा भएको कार्यक्रम शान्ती माध्यमिक विद्यालय मणिग्राममा भएको हो ।

भलबारी जेसीसको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेका थिए । भलबारी जेसीजका अधक्ष्य सुरज अर्यालले रक्तदानको महत्वको विषयमा प्रकाश पारेका थिए ।

एशियन लाईफ ईन्स्योरेन्सका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले रक्तदानको महत्वको साथै एशियन लाईफ ईन्स्योरेन्स बारेमा प्रकास पारेका थिए । उनले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल शाखाले चालु आर्थिक बर्षमा ४५०० विमालेख जारी गरि रु. ५.५ करोड प्रथम विमाशुल्क आर्जन गर्न सफल भएको बताएका थिए ।

सोही अवसरमा अवसर उक्त विधालयका विधार्थीहरुलाई जुस तथा फलफुल समेत वितरण गरिएको थियो ।