एनएमबि बैंकको खोलौं खाता अभियान खाता खोल्दा १० लाखको विमा

८ बैशाख, बुटवल । खोलौ बैंक खाता अभियान २०७६ अन्तर्गत नेपालकै एनएमबि बैंकले एक घर एक खाता अभियानलाई अझ परिस्कृत गर्दै सबैका लागि बचत, सधैंकालागि साहरा भन्ने नाराका साथ एनएमबि सबैको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकमा खोलिने प्रत्येक सबैको सहारा बचत खातामा बैंकको तर्फबाट १०० जम्मा गरिनेछ । बैकले जनाएको छ । आईतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी एनएमबी बैंका प्रदेश शाखा प्रमुख सुरेन्द्र महर्जनले यस विषयमा जानकारी दिएका हुन ।

उनका अनुसार खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिनेछ जस अन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, वा क्यान्सर, मृगौला निस्कृयता, मुटुको रोग, मस्तिस्कघात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भिर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या नजिकको हकवालालाई १० लाख रुपैयाँ बाराबरको सम्मको बीमा रकम उपलब्ध गराइनेछ ।

बैंका डिपोजिट प्रबन्धक दिविर शाहले यसका अतिरिक्त उक्त खातामा सर्वाधिक ब्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ्ग, निशुल्क ईन्टरनेट बैंकिङ्ग, तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएम बाट निशुल्क रकम झिक्न सकिने जस्ता सुविधाहरु रहेको जानकारी दिए ।

सन २०१७ र २०१८ मा लगातारबैंक अफदिइयर’ अवार्डबाट सम्मानित एनएमबि बैंक ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको नेपालमा एक मात्रै सदस्य बैंक रहेको जनाइएको छ ।

विगत २४ वर्षदेखि नेपाली वित्त क्षेत्रमा उल्लेखनिय योगदान पु¥याइरहेको एनएमबि बैंक आफ्न्नो ग्राहकहरुलाई हाल ११० शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ९९ एटिएम तथा अन्य वैकल्पिक बैकिङ्ग सुविधाहरुका माध्यमबाट विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यस बैंकमा विदेशी संयुक्त लगानी साझेदार एफएमओ, नेदरल्याण्डस् र योङ लियान, मलेसिया रहेका छन् । एफएमओ नेदरल्याण्ड्स सरकारको अन्तर्राष्ट्रिय स्तरमा एएएमूल्यांङ्कन भएका बैंकहरु मध्ये एक हो ।
एनएमबि बैंका प्रदेशमा कुल १ लाख ७७ जना भन्दा बढि ग्राहकहरु रहेका बैंकका लोन म्यानेजर कमल न्यौपानेले जानकारी दिए ।

बैंकका मणिग्राम शाखा प्रमुख युवराज पाठकका अनुसार विभिन्न समयमा बैंकले पर्यावरण जोगाउनको लागि विविधि कार्यक्रम समेत गर्दै आएको छ ।