आठौ राष्ट्रिय खेलकुद: लन टेनिस जारी, एपीएफलाई थप एक स्वर्ण

३० चैत, बुटवल । रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जारी लन टेनिस खेलमा मिश्रित डबल्सतर्फ एपीएफका आईभर लिसानोविभ र अश्लेवा लिसोनोविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन ।

शनिबार भएको फाईनल खेलमा अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सुपर ट्राईबेकरमा जित निकालेका हुन । विष्ट र खनालको जोडीले खेलमा पहिलो सेटमा जित निकाल्दै अग्रता लिएको थियो । तर खेलमा फर्कदै एपीएफका आईभर लिसानोविभ र अश्लेवा लिसोनोबिचको जोडीले लगातार दुई सेटमा जित निकाल्दै खेल आफनो कब्जामा गरेको हो । खेलमा उपविजेता नेपाल आर्मीका अभिलाषा विष्ट र प्रनव खनालको जोडी रजत पदकमा चित्त बुझाएका छन ।

यसैगरि प्रदेश नं. ४ का अनिल साही र गंगा शर्माको जोडी तथा नेपाली आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो हुदै कास्य पदक पाएका छन ।

यसैगरि शनिबार नै भएको मेन्स डबल्सतर्फको पहिलो सेमीफाईनलमा प्रदेश नं. ४ का प्रदिप खड्का र नबिन मगरको जोडीले प्रदेश नं. ४ का धर्म लामिछाने र अनिल साईको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन । यसैगरि दोस्रो सेमीफाईनलमा एपीएफका आईभर लिसानोबिच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाईनलमा भिडन्त पक्का गरेका हुन ।

यसैगरि महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोबिचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६–४, ६–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि दोस्रो सेमीफाईनलमा प्रेरणा कोईराला र एनि माथेमाको जोडीले श्रीया भट्टराई र रोमिता बुद्धाचार्यको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।