आठौ राष्ट्रिय खेलकुद: रुपन्देहीमा लन टेनिसका प्रतियोगिताहरु जारी

२९ चैत, बुटवल । आठौ राष्ट्रिय प्रतियोगिता अन्तरगत रुपन्देहीमा लन टेनिसका प्रतियोगिताहरु जारी छन । देविनगरस्थित लन टेनिस कोर्टमा शुक्रबार भएको प्रतियोगिताको खुल्ला, मेन्स सिगल, मेन्स डबल्स, बुमन सिगल र मेन्स डबल्स ईभेन्टका सेमीफाईनल समीकरण पुरा भएका छन भने बुमन डबल्स र मिक्स डबल्सको फाईनल समिकरण पुरा भएको छ ।

मेन्स सिगलतर्फको आईतबार हुने पहिलो सेमीफाईनल खेलमा एपीएफका सन्तोष खत्रीले एनआरएनका संरक्षणभुुषण बज्राचार्यसंग तथा अर्को सेमीफाईनल खेलमा प्रनव खनालले प्रदीप खड्कासंग खेल्नेछन । प्रदिपले नबिना मगरलाई ६–१, २–६, ६–२ को सुपर ट्राईबेकरमा जित निकालेका हुन । यसैगरि सन्तोषले भिष्म काउचामाथि ६–२, ६–१, संरक्षक बिक्रम बज्राचार्यले जितेन्द्र परियारलाई ६–४, ६–० को तथा प्रनव खनालले संयमबिक्रम बज्राचार्यलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएका हुन ।

यसैगरि बुमन सिगलको सेमीफाईनलमा प्रेरणा कोईरालाले ईरा एम रावत तथा अभिलाषा विष्टले रायना शाहको बिचमा आईतबार सेमीफाईनलका खेलहरु हुने छन ।

प्रेरणाले अनी माथेमालाई ६–२, ६–२, ईराले प्रकृति श्रेष्ठलाई ६–१, ३–६, ६–० को सेटमा, अभिलाषाले गंगाा शर्मालाई ७–६, ६–२ को सेट तथा रायनाले श्रीया भटराईलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका हुन ।

यसैगरि बुमन्स डबल्समा प्रेरणा कोईराला र एनी माथेमाको जोडी फाईनलमा प्रवेश गरेका छन । कोईराला र माथेमाको जोडीले सेमीफाईनलमा श्रेया भटराई र रोमिका बुद्धाचार्यको जाडीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन । यसैगरि अर्को सेमिफाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुुन ।

आजै भएको मेन्स डबल्सको खेलमा प्रदेश ४ का प्रदीप खड्का र नबिन मगरको जोडीले नेपाल आर्मीका संयकभुुषण बज्राचार्य र अभिनव आचार्यको जोडीलाई ५–७, ६–१, १०–८ को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन ।

यसैगरि प्रदेश नं। ४ का धर्म लामिछाने र अनिल शाहीको जोडीले एनआरएनका संरक्षकभुुषण बज्राचार्य र अमृत पौडेलको जोडीलाई ६–७, ६–१, ११–९ को सेटमा पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएका हुुन ।

यसैगरि एपीएफका छेवाङ लामा र सन्तोष खत्रीको जोडीले प्रदेश नं। ५ का राम बहादुर बिक र शेषमणी चौधरीको जोडीलाई ६–३, ६–१ सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका हुन ।

अन्तिम क्वाटरफाईनल खेलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले नेपाल आर्मीको चन्द्र थापा र विकास खड्काको जोडीलाई ६–२, ६–० को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन ।

शुक्रबार नै भएको बुमन्स डबल्सतर्फ फाईनल समिकरण पुरा भएको छ । एपीएफका प्रेरणा कोईराला र एनी माथेमाको जोडीले प्रदेश नं।४ का श्रीया शाह र अल्सा रेग्मीको जोडीलाई ६–१, ६–० का् सेटमा पराजित गर्दै फाईनलमा प्रवेश छन ।

यसैगरि अर्को सेमीफाईनलमा एपीएफकै सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडीले रायना शाह र अल्सा रेग्मीको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । उपाधिका लागि एपीएफका प्रेरणा कोईराला र एनी माथेमाको जोडीले एपीएफकै सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडीसंग सामना गर्ने छन ।

यता मिक्स डबल्सको उपाधिका लागि एपीएफका ईभानो लिसानोविच र अस्लेशा लिसानोविचको जोडीले नेपाल आर्मीका प्रनव खनाल र अभिलाषा विष्टको जोडीसंग फाईनलमा सामना गर्ने भएका छन ।

पहिलो सेमीफाईनलमा एपीएफका ईभानो लिसानोविच र अस्लेशा लिसानोविचको जोडीले नेपाली आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडीलाई ६–२, ६–१ को सेटमा तथा दोस्रो सेमीफाईनलमा नेपाल आर्मीका प्रनव खनाल र अभिलाषा विष्टको जोडीले प्रदेश नं. ४ का अनिल साही र गंगा शर्माको जोडीलाई ६–४, ३–६, १०–२ को सुपर ट्राईबेकरमा जित निकाल्दै फाईनल समिकरण पुरा गरेका हुन ।