२०७५ साल फागुन २६ गते आइतबार देखि चैत २ गते शनिबार सम्मको साप्ताहिक राशीफल

मेष स्राम्रो समय छ।धन,धर्म , प्रतिष्ठा बढ्ने छ।कृषि तथा ब्यापार बाट फाइदा होला । घरमा शुभ कार्य सम्पन्न होला ।बिपरित लिङ्गी को सहयोग मिल्ने छ।मुद्दा मामिलामा फैसला तपाईंको पक्षमा हुनेछ।

वृष : अनुकुल समय छ ।रोकिएको धन हाता पर्ने छ ।आफन्तको सहयोगले कार्य सम्पादन होला । मन प्रसन्न रहला। धार्मिक यात्राको योग छ। ब्यापारमा फाइदा होला । पारिवारिक सुखशान्ती मिल्ने छ । स्वास्थ्यमा भने केहि चुनौती सामना गर्नु पर्ला ।

मीथुन: तपाईंको लागी यो साता आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति होला।प्रेममा सफलता मिल्नुका साथै कारोबारमा फाइदा होला ।आत्म सन्तुष्टि मिल्नेछ ।आफन्तसंग भेटघाट होला ।

कर्कट: यो साता तपाईंको लागी सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । सप्ताहन्तमा राम्रो समय छ ।पठनपाठन तथा लेखन कार्य मा रुचि बढ्ने छ।प्रेममा सफलता मिल्ने छ।

सिह: तपाईंकोलागि यो साता निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ ।सभासम्मेलनमा सहभागी भइने छ।
गरिएका काम बाट सन्तुष्टि मिल्ने छ। ब्यापारमा फाइदा होला सप्ताहन्तमा केहि चुनौती देखा पएने छ्न ।

कन्या : सामान्य समय छ ।आय ब्याय बराबर हुनेछ ।आफन्तबाट धोका हुन सक्छ ।पारिवारिक बिवाद बढ्न सक्छ।बुधबार पछिका दिन राम्रा छ ।लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ।गरिएका काम बाट सन्तुष्टि मिल्ने देखिन्छ ।मन प्रसन्न रहने छ।

तुला : भाग्योदयको समय छ। धर्मकर्म प्रति रूचि बढ्ने छ।सभा सम्मेलन सहभागी भैयोला ।रोजगारमा पदोन्नति हुनेछ। शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ।साताको अन्त्य तिर कार्यमा केहि चुनौती सामना गर्नु पर्ला ।स्वास्थमा समस्य आउन सक्छ ।

वृश्चिक स् यो साता मध्यम छ । आय ब्याय बराबर होला ।ब्यापारमा केहि नोक्सानी बेहोर्नु पर्ला । आफन्त भनिएका बाटै धोका होला ,साताको अन्त्य तिर निकै राम्रो समय आउने छ ।आट उत्साह बढ्ने छ।परिक्षा सफल हुनेछ ।

धनु: राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ।बिद्यामा प्रगति होला ।सन्तान पक्षबाट सहयोग मिल्ने छ ।खानपिनमा रुचि बढ्ने छ ।धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ।

मकर: उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ।कारोबारमा फाइदा होला।गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । शुभ समाचार सुन्न पाइने छ।आकस्मिक यात्रा होला ।मन प्रसन्न रहने छ।

कुम्भ: सामान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ ।पारिवारिक विवादले सताउन सक्छ ।बुधबार पछिका दिन राम्रो छ । भाग्योदयको योग छ। प्रेम प्रस्ताव आउन सक्छ।

मीन: उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्ने छ ।ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति होला ।मान प्रतिष्ठामा वृद्धि होला।परिक्षा सफल हुनेछ ।

प्रस्तुतकर्ता स्ज्यो।चक्रपाणी डुम्रे शास्त्री
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र
ति न  पा  १ नयाँमिलचोक रूपन्देही
सम्पर्क स् ९८५७०३५४६१