२०७५ फागुन १९ गतेदेखि २५ गतेसम्मको साप्ताहिक राशिफल 

ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)
मेष : समान्य समय छ । स्वास्थमा समस्य आउन सक्छ ।खर्च बढ्न सक्छ । साताको मध्य बाट राम्रो समय आउने छ । मन प्रसन्न रहला मिष्टान्न भोजन मिल्ने छ ।

वृष : भाग्योदयको समय छ । दिदिबहिनी दाजुभाइको सम्बन्ध मजबुत हुनेछ । पारिवारिक भेटघाट होला । यात्रा सफल रहला । मनमा शान्ति छाउने छ । रोकिएको धन हाता पर्ने छ ।

मिथुन :  राम्रो समय छ । शुभकार्यमा मन लाग्ने छ । आर्थिक दृष्टिकोणबाट यो साता फाइदामा जाने छ । यात्रा सफल होला । मातापिताको आशिर्वाद मिल्ने छ । आफन्त सङ्ग भेटघाट होला ।

कर्कट : साताको निकै राम्रो छ । नयाँ ठाउँको भ्रमण होला । आफन्त सङ्ग भेटघाट होला । ब्यापारमा फाइदा होला । दिदिबहिनीसङ्गको सान्यिध्यता बढ्ने छ । दाम्पत्य जीवन सुखद रहला । स्वास्थ्य समस्यामा भने सजग रहनु होला ।

सिंह : यो साता मध्यम छ । प्रारम्भमा केहि चुनौती सामाना गर्नु पर्ने छ । अनावश्यक यात्रा होला । कार्यमा केहि बिलम्भ होला । स्वास्थ्यमा समस्या आउन सक्छ । साताको मध्य बाट निकै राम्रो समय छ । आत्म सन्तुष्टि बढ्ने छ ।

कन्या : उत्तम समय छ । मिष्टान्न भोजन प्राप्त होला । सभा सम्मेलनमा सरिक भैएला । परोपकारिक कार्यमा रुची बढ्ने छ । रोकिएको कार्य सम्पादन होला । मन खुसी रहने छ ।

तुला : सामन्य समय छ । कार्यमा बिलम्भ होला । आपसी मनमुटाव बढ्ने छ । खर्च नियन्त्रण गर्न गाह्रो पर्ने छ । जग्गा जमिनको कारोबारमा फाइदा होला । आर्थिक दृष्टिकोणबाट शुक्रबार र शनिबार निकै राम्रो छ ।

वृश्चिक : राम्रो समय छ । मनमा सन्तोष छाउने छ । विद्यामा प्रगति होला मान प्रतिष्ठा बढ्ने छ । यात्रा सफल रहने छ । मान्यजनको आशिर्वाद मिल्ने छ ।

धनु : वैदेशिक यात्राको सम्भावना छ । पतिपत्नीको सम्बन्धमा समधुरता आउन सक्छ । व्यापार व्यावसायमा फाइदा होला । बोलिको प्रभाव बढ्ने छ ।

मकर :  शैक्षिक क्षेत्रमा निकै राम्रो प्रगति होला । धार्मिक आस्था बढ्ने छ । आम्दानीको तुलनामा खर्च बढ्ने छ । काम गर्ने जोश जागर बढ्ने छ ।
कुम्भ : सामान्य समय छ । लेनदेनमा बिवाद होला । स्वस्थ्यमा समस्या आउन सक्छ । कार्यमा बिलम्भ होला ।साताको अन्त्यतिर निकै राम्रो समय छ ।

मीन : भाग्योदयको समय छ । धार्मिक कार्यमा रुची बढ्ने छ । मान सम्मान बढ्ने छ । रोकिएको धन प्राप्त होला ।आट, उत्साह बढ्ने छ । धन,मान र कृति बढ्ने छ ।

प्रस्तुतकर्ता : ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र 
ति.न. पा. १ नयाँमिलचोक 

सम्पर्क न : ९८५७०३५४६१