२०७५ चैत १६ गतेदेखि २३ गतेसम्मको साप्ताहिक राशिफल

मेष –
राम्रो समय छ । दाम्पत्य जीवन सुखद होला।आकस्मिक यात्रा होला। मान्यजनको आशिर्वाद मिल्ने छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । रोकिएको धन प्राप्ति होला । साताको मध्यबाट कार्यमा केहि बिलम्भ होला ।

वृष –
प्रियजनसँगको भेटघाटले दिनहरू रमाइलो रहनेछ। लगनशीलताले राम्रै फाइदा दिलाउनेछ। विशेष उपहार प्राप्त हुने समय छ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला।तर सप्ताहान्तमा काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुन सक्छ।

मिथुन-
यो साता अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा होला। कामले अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। रोकिएका धेरै काम बन्नेछन्।

कर्कट –
साताको सुरुमा विशेष अवसर जुट्नुका साथै मनग्गे आम्दानी हातलागी हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। यद्यपि बुधबार पछि अर्थ अभावले चिताएको काममा बाधा पुग्नेछ। तर टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ।

सिह-
रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। अरूको भर पर्दा महत्वाकांक्षा अधुरो रहनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन्।आँट गर्न नसक्दा काममा पछि परिनेछ।

कन्या –
प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। काम बिग्रने डरले पनि सताउनेछ। बुधबारपछि शुभचिन्तकहरूले साथ दिनेछन् भने मिहिनेत गर्दा आँटेको काम बन्नेछ। आलोचकहरूले छिद्र खोतल्ने हुँदा गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

तुला-
आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ।

वृश्चिक-
यो साता उत्तम छ ।रोकिएको काम बन्नुका साथै चिताएका काम सम्पादन गर्न सफल भइनेछ। सहयोगीहरूले मनग्गे फाइदा दिलाउनेछन्। मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिस्पर्धीहरूले हार खानेछन्। बुधवारपछि पारिवारिक असमझदारीले काममा बाधा होला।

धनु-
आँटले काम बन्नेछन् भने मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ।

मकर-
तपाईंको लागि यो साता मध्यम छ। अनावश्यक खर्च बढ्न सक्छ। आफन्त भनिएका बाटै धोका होला ।स्वास्थमा समस्या देखा पर्ने छ। मनोबल घट्ने छ।तापनि बुधवारदेखि पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ। चुनौतीहरू पार लाग्नेछन्। बुद्धिको उपयोगले गुमेको प्रतिष्ठा प्राप्त हुनेछ।

कुम्भ –
नियमित काममा बाधा पुग्न सक्छ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि समय खर्चनुपर्ला। बुधवारपछि नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ।

मीन-
यो साता मध्यम छ।काममा बाधा र चुनौती देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला।साताको मध्यबाट व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर लाभ उठाउन सकिनेछ।

प्रस्तुतकर्ता स्ज्यो. चक्रपाणी डुम्रे शास्त्री
अकला देवी ज्योतिष एववास्तु सेवा केन्द्र
ति.न. प.१ नयाँमिलचोक रूपन्देही
सम्पर्क न  ९८५७०३५४६१