स्थान अपुग भएपछि सर्ने भयो श्रम कार्यालय

कृष्ण खनाल

२८ फागुन, बुटवल । बुटवलको चाँदबारीमा गत पुस १५ गते देखि सञ्चालनमा आएको श्रम तथा रोजगार कार्यालय साँघुरो ठाउँमा राखिएको कारण सेवाग्राहीहरुले पटक पटक सेवा लिन अफ्ठारो भएको गुनासो गर्दै आएका थिए ।

सेवाग्राहीहरुले लाईन समेत लाग्न नमिल्ने गरी राखिएको श्रम कार्यालयको पटक पटक सेवा ग्राहीहरुले पटक पटक गुनासो समेत गर्दै आएका थिए । फागुन २७ गते संघीय सरकार श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्णराज विष्टले छड्के अनुगमन गरेका छन् । अनुगमनको क्रममा सेवा ग्राहीबाट नै मन्त्रीलाई गुसानो आएको थियो ।

तत्काल यो स्थानबाट सार्नको लागि सेवा ग्राहीले पटक –पटक आग्रह समेत गरेका थिए ।
छड्के निरिक्षणको क्रममा रहेका मन्त्रीले अनगन पश्चात अवको ५ दिन भित्र कार्यालय उचित स्थानमा सार्नको लागि निर्देशन समेत दिएका छन् । निरिक्षण पश्चात उनले कार्यालयमा रहेका निमित्त कार्यालय प्रमुख बालकृष्ण थापा लगायतको टोलिलाई उक्त निर्देशन दिएका हुन ।
मन्त्री विष्टले भने–‘यो स्थान सेवा ग्राहीहरुको लागि उचित देखिएन, त्यस कारण ५ दिन भित्र मा नै कार्यालय उचित स्थानमा सार्नको लागि आग्रह गरिएको हो ।’


श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोर्कणराजविष्टका स्वकीय सचिव मदन खनाललका अनुसार सेवा ग्राहीबाट समेत पटक/पटक उचित स्थानमा श्रम कार्यालय राख्नको लागि आग्रह गरिएको गुनासो आएको थियो ।

श्रम कार्यालय बुटवलका कार्यालय प्रमुख उमेश शर्मा विरामी भएको कारण अहिले विदामा रहेका थिए । कर्याालयमा रहेका निमित्त कार्यालय प्रमुख बालकृष्ण थापाले आफुहरु पनि साँघुरो ठाउँ भएको कारण समस्यामा परेको बताएका थिए ।
निमित्त कार्यालय प्रमुख बालकृष्ण थापाका अनुसार मन्त्रीज्युको निर्देशन अनुसार ५ दिन भित्र कार्यालय सार्नको लागि संभव नभएपनि कार्यालय सर्ने निश्चित भएको जानकारी दिए ।कुराकानीमा उनले हाल भाडाको घरमा रहेको, पार्कीङ्ग सुविधा नभएको साथै सेवा ग्राहीहरु समेत लाईनमा बस्न नसक्ने स्थान भएकै कारण आफुहरुले पनि सार्ने प्रक्रियामा रहेको बताए ।


उनले व्यवसायीक तथा सिप विकास केन्द्रको एउटा भवन अहिले खाली रहेको कारण उक्त कार्यालय स्थानमा समेत निरिक्षण गरी कर्याालय सार्नको लागि उचित हुने देखिएको थापाले जानकारी दिए । भाडाको घर भन्दा सरकारी भवन प्रयोग गर्न पाउँनु आफैमा राम्रो पक्ष भएको समेत उनले बताए ।
श्रम कार्यालय बुटवलमा हाल दैनिक २ सय देखि १ हजार सम्म पनि सेवा ग्राहीहरु सेवा लिन आउने गरेको कर्याालयले जनाएको छ । कार्यालयमा दरबन्दी अनुसारको कर्मचारीहरु समेत नभएको कारण कार्य सम्पादनमा केही समस्या उत्पन्न भएको नि.कार्यालय प्रमुख थापाले जानकारी दिए । दुई वटा शाखा अधिकृतको दरबन्दी भएकोमा अहिले १ जना मात्रै शाखा अधिकृत बाट कार्य सम्पादन गर्नुपरेको उनको गुनासो समेत रहेको छ ।
हाल कायम रहेको दरबन्दी पुर्णरुपमा परिपुर्ती नभएको परिपेक्ष्य सेवा ग्राहीहरुको चाँप उच्च रहेको कारण समस्या भएको उनको भनाई रहेको छ ।
एक दिनमा १ सय ३० जना भन्दा बढि सेवा ग्राहीहरुको काम गर्न नसकिने अहिलेको अवस्थामा दैनिक १ हजार सम्म सेवा ग्राहीहरु आउने भएको कारण कार्य गर्न नसकी सेवाग्राहीहरुलाई फर्काेउनु पर्ने अवस्था आएको उनले बताए ।

यसको लागि कायम दरबन्दीमा थप जनशक्ति समेत आवश्यकता रहेको उनको भनाई रहेको छ । अहिले १४ जनाको दरबन्दी स्वीकृत छ । श्रम कार्यालय बुटवलको कार्यक्षेत्र तत्कालिन लुम्बिनी अंचलका ६ वटा जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखांची, कपिलवस्तु, रुपन्देही र नवलपरासी रहेका छन भने राप्ती अंचलका ५ वटा जिल्ला रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठान गरी ११ वटा जिल्ला रहेका छन् ।
(बुटवल टुडे दैनिकबाट)