सरकार मुलुकलाई द्वन्द्वतर्फ धकेल्दै छ : नेता खाँण

झविन्द्र देवकोटा
२ चैत, बुुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीमाथी सरकाले निषेधको राजनीति गरेर मुलुकलाई द्वन्द्वमा धकेल्ने काम गरेको बताएका छन् ।

वार्ता र सम्वादका माध्यमबाट निकास निस्कने प्रसस्त आधार हुँदापनि विप्लब नेतृत्वको पार्टिलाई निषेध गरेर मुलुकमा द्वन्द्व सृजना गर्नेतर्फ सरकार लागेको आरोप लगाए । प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा कार्यक्रममा कांग्रेस सचेतक प्रमुख समेत रहेका नेता खाँणले विप्लव नेतृत्वको पार्टिका लागि सम्वादको ढोका खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विप्लवलाई निषेधको राजनीति गरिहाल्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।

मुलुकमा भएका अहिलेका गतिविधिले मुलुकलाई द्वन्द्व तिर धकेल्ने भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन विप्लबलाई पनि बार्ता र सम्वादका माध्यमबाट निकास खोज्न उनले आग्रह गरे ।

नेता खाँणले सिके राउतसँग भएका सहमतिका बुँदाहरुमा अस्पष्टता रहेको जिकिर गर्दै सिकेका कार्यकर्ताले जनकपुरमा गरेको पछिल्ला गतिविधि शंकास्पद भएको बताए । ‘यस्तो अवस्थामा सिके राउतले भनेजस्तै मुलुकलाई विखण्डीत गर्ने खालका विषयमा जनमत गर्नु मुलुकमा ठुलो दुर्घटना निम्त्याउनु हो, यो हुनै नसक्ने कुरा हो ।’– उनले भने । राउतका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराहरुले पनि सिकेका गतिविधिमा पुरानै दोहोरिएको स्पष्ट भएको जिकिर गरे । उनले प्रदेश ५ को राजधानीका विषयमा आफ्नो धारणा राख्दै प्रदेश सरकारले नै यो विषयलाई छिटो नै टुङ्याउनु पर्ने सुझाव दिए ।

उनले पुर्ववर्ति सरकारले गरेका निर्णयलाईनै पच्छाउदै राजधानीका विषयमा विवाद गर्न नहुने तर्क राखे । मुलुकका लागि दुरगामी असर गर्ने र लोकतान्त्रीक ब्यवस्थालाई अफ्ट्यारो पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न र गर्ने वातावरण सृजना हुने गतिविधिलाई निरुत्साहीत गर्नेतर्फ सरकारको चासो हुनु पर्ने सुझाव उनको थियो ।

नेपाल प्रेस युनियनका सभापति रेखा भुषालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपसभापति कविन्द्र नेपालले गरेका थिए ।