सडक र सदन तताउने राजपाको तयारी : केन्द्रियसदस्य गुप्ता

बिन्दु कुमार चौहान
४ चैत्र, लुम्बिनी। जाडो सकिन लाग्दा गर्मीले मौषम तातिन लागे झै देशको तेस्रो राजनीतिक शक्ति राष्ट्रिय जनता पार्टीले पनि सडक र सदन दुबै तताउने खुलासा भएको छ ।
राजपा केन्द्रिय सदस्य राजेन्द्र प्रसाद गुप्ताले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ खुनगाईमा आयोजित पार्टी सोमवार कार्यकर्ता भेलालाई सम्बोद्धन गर्दै सो कुरा खुलासा गरेका हुन ।
सदियौं देखि राज्य द्वारा पछाडी पारिएका शोषित पीडित मधेश र मधेशी जनतालाई समान सहभागिताका लागि बहुमतको दम्भमा सरकारले संघियता स्थापना पश्चात पनि मुख्यमन्त्रीहरुलाई पंङ्गु बनाई प्रदेशलाई अधिकार दिन खुट्टा कमाउन थालेको हुदा मधेशी जनताको अधिकार स्थापित गर्न राष्ट्रिय जनता पार्टी सडक र सदन दुबै क्षेत्रबाट संघर्ष गर्ने तयारीमा जुटेको बताए ।
उनले मधेश आन्दोलनको जगमा संघीय शाषन ब्यवस्था कायम भए पनि ब्यवहारमा उतार्न सरकार उदासीन देखिए पछिे शोषत पीडित मधेशी जनताको संबिधान सशोद्धन नागरिकता बिधयेक अधिकार स्थापित गराउन सदन र सडक दुबै संघर्ष योजनामा गृहकार्यमा जुटिसकेको जानकारी गराए ।
राजपा नेता गुप्ताले पहाडबाट अब्यवस्थित बसाई सरि तराईको चारकोसे जंगलमा एक ठाँउ बिक्री गरि अर्को ठाँउमा बनफडानी गर्दै बसेकाहरुलाई सुकुम्बासीको नाममा हुकुम्बासी तथा भू माफियाहरुलाई लालपुर्जा बितरण गरि मधेश कब्जा गर्नुका साथै भूमि हदबन्दी कायम गरि मधेशी जनतालाई बेघरको गोठालो बनाउन खोजेको आरोप समेत लगाए ।
कार्यक्रममा राजपा स्थानीय नेता नागेन्द्र प्रसाद पाण्डेयले अभी नही तो फिर कभी नही उखानको मान्यता राखी राजपाले जारी गर्न लागेको सदन र सडक संर्घषमा शोषितपीडित सम्पूर्ण मधेशी जनता तेस्रो मधेश आन्दोलनमा खसराज्यसत्ताको डटेर सामना गर्न आहवान समेत गरे ।
सो अवसरमा राजपा कार्यकर्ता गिरीबाबा,बिश्वनाथ मौर्या,सन्तराम लोध लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।