लुम्बिनी साझेदारी बन ब्यवस्थापन बारे अन्तरक्रिया सम्पन्न

३० फागुन, लुम्बिनी । बनक्षेत्रबाट टाढा रहेका नागरिकहरुको बनपैदावारमा पहुच पुरयाउने उद्देश्यले लुम्बिनी साझेदारी बन ब्यवस्थापन लुम्बिनी नगर समितीद्वारा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले साझेदारी बन समिती मार्फत लुम्बिनीमा डिपो मार्फत काठदाउरा सहज ढंगबाट उपलब्ध गराउनु पर्ने निस्कर्स निकालेका छन ।
कार्यक्रमलाई सम्बोद्धन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरलिे लुम्बिनीबाट करीब ३० किलोमीटर उत्तर रहेको साझेदारी बनबाट काठदाउरा ल्याउन उपभोक्ताहरुलाई मर्का परिरहेको हुदा लुम्बिनीमै काठदाउरा बिक्रीकेन्द्र डिपो स्थापना गरि सहज ढंगबाट उपलब्ध गराउनु पर्ने बताए ।
उनले दाहसंकारका लागि दाउरा लिन जाँदा दिनभरि लाग्ने समय बचत गर्न लुम्बिनी नगरपालिका र साझेदारी बन बीच समन्वय गरि जनताको चाहना बनक्षेत्रमा पहुच बढाउन आवश्यक रहेको बताए ।
समारोहमा लुम्बिनी साझेदारी बनब्यवस्थापन समितीका अध्यक्ष जबीउल्लाह मुसलमानले लुम्बिनी क्षेत्रका नागरिकहरुलाई बनक्षेत्रमा पहच बढाउन डिपो संचालन गर्नुका साथै निजी तथा सार्बजनिक खाली जग्गामा बृक्षारोपण अभियान थालनी गर्नुपर्ने बताए ।
कर्यक्रममा लुम्बिनी साझेदारी बन ब्यवस्थापन समिती लुम्बिनी साँस्कृतिक नगरपालिका नगर अध्यक्ष लक्ष्मण प्रसाद मौर्य ,शिक्षक प्रदीक श्रीवास्तव,पत्रकार बीरेन्द्रमिश्रा लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।