लिङ्कनको शाखा अब बुटवलमा पनि

२९ फागुन, बुटवल । लिङ्कन एजुकेसन कन्सल्टेन्सिको शाखा कार्यालय आज बाट बुटवलमा सुभारम्भ भएको छ । काठामाण्डौको बागबजारमा केन्द्रिय कार्यालय रहेको लिङ्कनले बुटवलको पुष्पलाल पार्कमा बुटवल शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष जगदीश चन्द्र आचार्यले उद्घाटन गरेका हुन । उच्च शिक्षा तथा कामका लागि जापान, क्यानडा, अस्ट्रेलिया , यू.के., यू.एस.ए लगायतका देशमा जान चाहानेहरुका लागि परामर्शका साथै अन्य सेवा प्रदान गरिने बुटवल शाखाका प्रबन्ध निर्देशक दिपक भुर्तेलले जानकारी दिए । बैदेशिक रोजगार तथा अध्ययनका लागि काठमाण्डौबाट प्रकृया गर्दा अनावश्यक  समय र पैसा खर्च हुने भन्दै अब गुणस्तरिय सेवाका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको उनले दावी गरे ।

लिङ्कन बुटवलमा कोरिया तथा जापान जाने कामदारका लागि दक्ष शिक्षकहरुबाट भाषा प्रशिक्षणको समेत व्यावस्था रहेको बुटवल शाखाका म्यानेजर तिलक डुम्रेले बताए ।

प्रवन्ध निर्देशक दिपक भुर्तेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पर्वत रुपन्देही सेवा समाजका केन्द्रिय अध्यक्ष राम कृष्ण शर्मा, समाजका नगर अध्यक्ष बलराम काप्ले , सहसचिव सीता गौतम, लगईन एजुकेशनका प्रोपराईटर राजन घिमिरे , प्रोग्राम कोर्डिनेटरहरु रोशन शर्मा र राम चन्द्र पौडेल ,कोरीयन प्रशिक्षक मणिचापागाई लगायतको उपस्थिति रहेको थियो ।