लायन्स क्लबद्धारा वृहत स्वास्थ्य शिविर

१७ चैत, बुटवल । बुटवल उपमहानगरपालिकाको बेलभोरीयामा शनिबार बृहत निशुल्क स्वास्थय शिविर आयोजना भएको छ ।

लायन्स क्लब अफ सिद्धबाबा भृकुटीको आयोजनामा देवसिद्ध बोर्डिड स्कुलको प्रांगढमा पाठेघर र स्तन क्यान्सर सम्बन्धी चेकजाच तथा बालबालिकाको आखा उपचार शिविर आयोजना गरिएको हो । लायन्स क्लबका डिष्ट्रीक भिजन चिफ कोडिनेटर १८÷१९ का सीता भट्टराईको अध्यक्षतामा भएको शिविरमा १ सय ५ जना महिलाले स्तन तथा पाठेघरको क्यान्स सम्बन्धी चेकजाच गराएका थिए ।

चेकजाच गराएका मध्ये ३ जनामा पाठेघर खसेको पाइएको थियो । पाठेघरसम्बन्धी ७ र स्तनमा गिर्खा भेटिएका ४ जनालाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ । शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. दिपक कुमार पटेल र मायादेवी टेक्नीकल कलेजका नर्शहरु खटेका थिए । यस्तै आखा उपचार शिविरमा ४ सय ७५ बालबालिकाले आखा जाच गराएका थिए ।

आखा जाचका लागि लायन्स आखा अस्पताल बुटवलका प्रकाश पौडेल लगायतको ३ जनाको टोली खटेको थियो । आखा उपचारका लागि आएका २५ बालबालिकामा चश्मा लगाउनुपर्ने तथा थप उपचार गर्नुपर्ने देखिएको छ । शिविरमा निशुल्क उपचारसंगै निशुल्क औषधी समेत वितरण भएको थियो । यसअघि शिविर उद्घाटन कार्यक्रम लायन्स क्लबका डिस्टीक गभर्नर सुनिल वझाको प्रमुख आतिथ्यता लायन्स क्लब अफ सिद्धबाबा भृकुटीका अध्यक्ष सुष्मा केसीको व्यवस्थापन र तुलसा केसीको संयोजन र सचिव कमला पन्थको संचालनमा सम्पन्न भएको थियो । प्रमुख अतिथि वझाले महिलाहरुको आयोजनामा भएको निशुल्क शिविरले धेरै लाभान्वीत भएको बताए ।

शिविरमा अतिथिहरु लायन्स क्लबका डिष्ट्रीक चीफ नमराज नयौपाने, टंक प्रसाद गैरे, बालाराम भट्टराई, एरिया चिफ पुरुषोत्तम प्रधानांङ्गले लायन्स क्लबका सदस्यहरु सामाजिक सेवामा खट्न आग्रह गरेका थिए ।