रुपन्देहीको भलुहीमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

१ चैत्र, बुटवल । रुपन्देहीको भलुहीमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन ।  बुटवलबाट देवदहको खैरेनीतर्फ जादै गरेको लु २१ प ४७२९ नम्बरको मोटरसाइकलले पुर्व पश्चिम राजमार्ग अन्तर्गत देवदहको भलुही स्थित रोहिणी पुलमा एक महिलालाइ ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ बर्षकी महिला र मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका डिङ्गरनगरका ३७ बर्षिय महेश श्रेष्ठ घाइते भएका हुन ।

घाइते दुवैजनाको अहिले देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरिचौकी खैरेनीले जानकारी दिएको छ । घाइते  महिलाको परिचय नखुलेको प्रहरीले जनाएको छ ।