मिस नेपाल २०१९ को बुटवल अडिसन भोली र पर्सि

२९ फागुन, बुटवल । मिस नेपाल २०१९ को अडिसन भोली र पर्सि बुटवलमा हुने भएको छ । हिडन ट्रेजरको आयोजनामा हुन लागेको मिस नेपाल २०१९ को अडिशन काठमाण्डौ बाहिरका शहर मध्ये भोली र पर्सि बुटवलमा हुन लागेको हो ।

आउने मे ९ मा काठमाण्डौमा हुन लागेको मिस नेपालको फाईनलमा सहभागिताका लागि पहिलो चरणको अडिशन मुलुकका विभिन्न शहरमा भै रहेको छ । यसैक्रममा बुटवलको एभरेष्ट होटल सुख्खानगरमा अडिशन हुन लागेको हो ।

मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले बुटवलमा आज पत्रकार सम्मेलन गरि मिस नेपालको अडिशन सुरु भएको जानकारी गराएको हो । हिडन ट्रेजरका डाईरेक्टर गिरेन्द्रमान राजवंशिले १२ कक्षा पास गरेको, ५ फिट ४ ईन्च उचाई भएको र १९ देखि २५ वर्ष कम उमेरका युवतिहरुले मिस नेपालमा सहभागिता जनाउन पाउने जानकारी दिए ।

उनले मिस नेपालको अडिशनका लागि बुटवल लगायत नेपालगञ्ज, पोखरा, धनगढी, धरान, विर्तामोड लगायतका सहरहरुमा अडिशन भई रहेको समेत जानकारी दिए । उनले ति सहरमा भएका अडिशनमा सहभागिता जनाउन नपाएमा काठमाण्डौमा समेत गएर फर्म भरि सहभागि हुन पाउने अवसर रहेको समेत जानकारी दिए ।

पत्रकार सम्मेलनमा मिस अर्थ २०१८ प्रियां सिग्देल, मिस इन्टरनेशनल रोनाली आमात्यले सौन्दर्य कला प्रतियोगितामा सहभागिता युवतिको क्षमतावृद्धिको मुख्य पाटो रहेको बताए ।