मणिमुकुन्द भलिबल क्लबको सफलताको यात्रा २०६४ देखि अहिलेसम्म

बाबुराम गैरे

रुपन्देही । नेपालमै सर्बप्रथम भलिबल क्लबको रुपमा दर्ता भएको मणिमुकुन्द क्लब उपत्यका बाहिरको एकमात्र ‘ए’ डिभिजन भलिबल क्लब हो । जसमा एक सयभन्दा बढि भलिबल खेलाडीहरु सदस्य छन भने १८ जना आजीवन सदस्य रहेका छन ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका २ मा कार्यालय रहेको क्लबमा तीन बटा उत्कृष्ट भलिबल टिम छन् भने कैयोले खेल प्रशिक्षण लिइरहेका छन । बिक्रम सम्बत् २०७२ सालमा औपचारिक रुपमा दर्ता भएको सो क्लवले आफ्नै ट्रेनिड सेन्टर संचालन गरिरहेको छ ।

बिशुद्ध भलिबल खेलाडीहरुले नेतृत्व गरेको सो क्लबले किरण गुरुङ्ग स्मृतिकप पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताका तीनवटा सस्करण, मणिमुकुन्द रनिङ कप क्षेत्रीय भलिवल प्रतियोगिताका २ संस्करण सञ्चालन गरिसकेको छ भने हाल छैठौं ५ नम्बर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७५ सञ्चालन गरिरेहेको छ ।

त्यस्तै अन्तरमाबि जिल्ला स्तरीय छात्र छात्रा भलिबल प्रतियोगिताका ६ वटा सस्करणहरु सञ्चालन गरिसकेको छ ।  क्लवले भलिबल खेल र खेलाडीको बिकास गर्दै खेलाडीको पहिचाहन र उनीहरुलाई स्थापित गराउने काम गरिरहेको छ ।


क्लबमा आबद्ध खेलाडीहरुलाई बिभिन्न अबसरहरु प्रदान गर्नुका साथै उनीहरुलाई रुपन्देहीका बिभिन्न कलेजहरुमा छात्राबृत्तीमा अध्यायन गर्ने अबसरहरु सृजना गरिरहेको छ ।

क्लबका २० जना खेलाडीहरुले अहिलेपनि रुपन्देहीका बिभिन्न प्रतिष्ठित कलेजहरुमा पुर्ण छात्राबृत्तीमा अध्ययन गरिरहेका छन भने १० जना खेलाडीहरु बिभिन्न संस्थामा प्रशिक्षकको रुपमा रोजगार पाईरहेका छन ।

संस्थापक अध्यक्ष मिलन रानाले लगातार क्लबको नेतृत्व समाल्दै आएका छन ।  जिल्ला भलिबल संघ रुपन्देहीका टिम क्याप्टेन समेत रहेका लोकेन्द्र कुमार भण्डारी क्लबको बरिष्ठ उपाध्यक्ष छन भने उपाध्यक्षमा रुद्र बहादुर थापा, सचिबमा नविन क्षेत्री, सह-सचिवमा ओमकार थापा र कोषाध्यक्षमा किसन बहादुर चन्द रहेका छन । त्यस्तै सदस्यहरुमा अमृत थापा श्रीस, युकेन थापा, सोभा भण्डारी, बिनिता थापा गुरुङ्ग र कोषिला थापा रहेका छन ।

क्लब स्थापना र संचालनमा बिशेष भूमिका खेलेका जिल्ला भलिबल संघ रुपन्देहीका सदस्य समेत रहेका युवा खेलाडी शुरेन्द्र गुरुङ्ग क्लबको संरक्षक छन ।

यसरी भयो क्लवको परिकल्पना

तस्विर : मणिमुकुन्द भलिबल क्लबका संस्थापकहरु

कुरा २०६२ साल तिरको हो । मणिमुकुन्द कलेज बुटवलबाट बिभिन्न प्रतियोगितामा भाग लिदै बिजयी हुदै गर्दा ५ जना युवा खेलाडीहरु मिलन राना, लोकेन्द्र भण्डारी, सुरेन्द्र गुरुड, रुद्र थापा र किसन चन्दलाई खेलमा लत मात्र बसेन खेलको संरक्षण र उथ्थान गर्ने रहर पनि जाग्यो ।

उनीहरुलाई खेल खेल्नका लागि हरेक समय मणिमुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीबाट बिशेष सहयोग र सल्लाह मिल्यो । प्रतियोगितहरु निकै कम मात्रामा हुन्थे तर जहाँ गएपनि खाली हात फर्किन परेन ।

२०६४ सालमा दुईवटा प्रतिष्ठित प्रतियोगितामा सफलता मिल्यो जसले खेलमा होमिएका युवाहरुका जोसमा घिउ थप्यो । २०६२ सालमा जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको जिल्ला स्तरीय भलिवल प्रतियोगितामा दोस्रो स्थान र प्रजातान्त्रिक राष्ट्रिय युवा संघ बुटवल १३ ले आयोजना गरेको प्रतियोगितामा प्रथम स्थान हात पार्दा क्लवका खेलाडीहरुमा उत्साहाको सिमा रहेन ।

त्यपछि खेलाडीहरुमा जिम्मेबारी र चुनौतिहरु थपिदै गए । जहाँ खेल खेल्न गएपनि दर्शकको हुटिङ राम्रै हुन थाल्यो । दर्शकले मणिमुकुन्दका खेलाडीको खेल हेर्नै भनेरै जान थाले । खेलाडीहरुले धेरै खेलमा उपाधी उचाले, सबैले हाइहाइ गरे, मनोवल बढदै गयो ।

त्यसपछि त भलिबल जीवनको अभिन्न अंग नै बन्यो र न.जीवन नै त्यसैमा होम्ने निधो गर्दै अगाडि बढे । अनौपचारिक रुपमा मणिमुकुन्द भलिबल क्लबकै नाममा खेलहरु खेल्दै आएको भए पनि बिस्तारै बैधानिकताको आबश्यकता पर्न थाल्यो ।

त्यसपछि २०७२ सालमा मणिमुकुन्द भलिबल क्लब नेपालमै पहिलो भलिबल क्लबको रुपमा दर्ता भयो । त्यस पश्चात क्लबले किरण गुरुङ्ग स्मृतिकप पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताका तीनवटा सस्करण, मणिमुकुन्द रनिङ कप क्षेत्रीय भलिवल प्रतियोगिताका २ सस्करण सञ्चालन गरिसकेको छ भने हाल छैठौं ५ नम्बर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७५ सञ्चालन गदैछ । त्यस्तै अन्तरमाबि जिल्ला स्तरिय छात्र छात्रा भलिबल प्रतियोगिताका ६ वटा सस्करणहरु सञ्चालन गरिसकेको छ ।

राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएको सो क्लवले देशका बिभिन्न स्थानमा हुने प्रतियोगितामा सहभागीता जनाएको छ र सबैजसो प्रतियिोगिताबाट खाली हात चाँहि फर्कन परेको छैन । क्लबले बिभिन्न प्रतियोगिताहरुमा उपाधी उचाल्दै भलिबल खेलको क्षेत्रमा आफ्नो दक्षता प्रमाणि गर्दै आएको छ । क्लबले पछिल्लो समय एनभिए कपमा समेत चौथो स्थान हात पार्न सफल भएको छ ।

मणिमुकुन्दबाट खेलेका खेलाडीहरु….

मणिमुकुन्द भलिबल क्लवबाट खेलेका कैयौ खेलाडीहरु अहिले नेपालका बिभिन्न प्रतिष्ठित क्लवबाट समेत खेलिरहेका छन । अहिले नेपाल पुलिसबाट खेल्ने बलिराम चौधरि र तोरन चन्द मणिमुकुन्द भलिबल क्लबकै उत्पादन हुन ।

प्रदेश ४ गण्डकी प्रदेशका मुख्य खेलाडि राजु बिक पनि यसै क्लबबाट उत्पादन भएका हुन । मणिमुकुन्दले आयोजना गरेका बिभिन्न प्रतियोगिताहरुबाट खेलाडिको पहिचाहन बनाउदै चर्चामा आएका राजु थकालि अहिले नेपालकै एकमात्र अलराउण्ड भलिबल खेलाडीको रुपमा प्रख्यात छन । थकालीले एसियन गेममा पनि नेपालको तर्फबाट खेल्ने अवसर पाए ।

कतिपय ब्रिटिस, ईन्डियन, सिंगापुर तथा नेपाल आर्मीमा भर्ति भएका छन र त्यहा पनि खेलबिधामै आफ्नो शिप प्रदर्शन गरिरहेका छन ।

हाल क्लबका २० जना खेलाडिहरुले रुपन्देहीका बिभिन्न प्रतिष्ठित कलेजहरुमा पुर्ण छात्राबृतिमा अध्यायन गरिरहेका छन भने १० जना खेलाडिहरु बिभिन्न संस्थामा प्रशिक्षकको रुपमा रोजगार पाईरहेका छन ।

आगामी दिनमा मणिमुकुन्दका योजना

रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ मा भलिबल कवर्डहल संचालनको लक्ष सहित अगाडि बढेको सो क्लवले निकट भबिष्यमै महिला खेलाडीहरुका लागि पनि प्रशिक्षणको व्यावस्था मिलाउने योजनामा छ ।

खेलाडीहरुलाई खेलमा लागेपछि दुख नपरोस भन्ने मान्यताका साथ खेलाडीको भबिष्य सुनिष्चित होस भन्ने चाहन्छन क्लबका पदाधिकरिहरु । प्रतियोगिताहरु संचालन गर्दा हरेक पटक दाताहरुसंग मागेर कार्यक्रम गर्नुपर्ने बाध्यता हटोस भन्ने पनि उनिहरुको चाहना छ ।


क्लबलाई नजिकबाट बुझेकाहरुले क्लबका पदाधिकारि खेलाडीहरुको उच्च मनोबलको सधै प्रसंसा गर्दछन । क्लबका संस्थापकहरुको खेलजीवनको शुरुवाती समयदेखी नै अभिभावकक्त ग्रहण गर्दै आएका हाल क्लबका बरिष्ठ सल्लाहाकार समेत रहेका टुक बहादुर क्षेत्रीले क्लबका पदाधिकारी खेलाडीहरुलेको आत्मविश्बास र उच्च मनोबलकै कारण यहाँसम्मको सफलता हात परेको बताए ।

खेलकुदको बिकासको लागि सरकारि निकायको बेवास्ता देखेर क्लबका सदस्यहरु निरास छन । “राष्ट्रिय खेलकुद परिषदले केही गर्दैन , जिल्ला भलिबल संघ आफै कमजोर छ” क्लबका बरिष्ठ उपाध्यक्ष लोकेन्द्र भण्डारिले भने “खेलकुदको बिकासमा सरकार संवेदनशिल हुन जरुरी छ“ ।

पछिल्लो समय तिलोत्तमा नगरपालिकाबाट केहि मात्रामा सहयोग पाएको क्लबका अध्यक्ष मिलन रानाले जानकारि दिए । क्लबले निकै महत्वकांक्षी कार्यक्रमहरु संचालन गर्दै आएको छ । सो बखतमा स्थानीय संघसंस्था, समाजसेबी, पुर्ब खेलाडीहरु लगायतबाट बिशेष सहयोग मिल्ने गरेको क्लबका संरक्षक शुरेन्द्र गुरुङ्गले बताए । विदेशमा रहेका पुर्ब भलिबल खेलाडीहरुले क्लबलाई समय समयमा बिभिन्न तवरले सहयोग गर्दै आएको उनको भनाई छ ।